जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।...

सम्बन्धित सामग्री

जलेश्वर भन्सारको राजस्व रू. १ अर्बभन्दा बढी संकलन

जनकपुरधाम। जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्ममा रू. १ अर्ब १८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा ३ अर्ब ७६ करोड २३ लाख राजस्व संकलनको लक्ष्य पाएको कार्यालय प्रमुख अमित पौडेलले बताए । गत कात्तिकसम्ममा कार्यालयले पेट्रोलबाट सबैभन्दा धेरै रू. ५६ करोड २२ लाख १४ हजार राजस्व उठाएको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा पेट्रोलबाट रू. ३७ करोड ९५ लाख ७६ हजार राजस्व असुली भएको थियो । सरकारले जलेश्वर नाकाबाट धान आयात बन्द गरेको र आलुमा भ्याट लगाएकाले ती वस्तुको आयातबाट हुने राजस्व प्रभावित भएको कार्यालय प्रमुख पौडेलले बताए ।

जलेश्वर भन्सार कार्यालयले चार महिनामा उठायो १ अर्ब ७ करोड राजस्व

मुलुकमा आर्थिक मन्दीका कारण व्यापार व्यवसाय सुस्त रहे पनि महोत्तरीको जलेश्वर भन्सार कार्यालयले भने लक्ष्यभन्दा बढी राजस्व उठाएको छ ।

विषादी परीक्षणबाट राजस्व असुली

जनकपुुरधाम- खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय जलेश्वरले आर्थिक वर्ष २०७९/०८०मा चार हजार नाै सय ६० फलफुलको नमूना परीक्षण गरी २३ लाख ८३ हजार दुई सय ५० रुपैया राजस्व संकलन गरेको छ । जलेश्वर भन्सार कार्यालय लगायत धनुषा, सप्तरी, सिरहा र सर्लाही स्थित भन्सार तथा छोटी भन्सार् कार्यालयबाट प्राप्त हुने तरकारी तथा फलफुलको नमूना […]

जलेश्वर भन्सार कार्यालयलाई लक्ष्य भेट्टाउन कठिन

जनकपुरधाम  । जलेश्वर भन्सार कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ । चालू आर्थिक वर्षको १० महीनामा कार्यालयले वार्षिक लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । कार्यालयले यस वर्ष ३ अर्ब ६३ करोड ९१ लाख भन्सार राजस्व उठाउने लक्ष्य पाएकोमा वैशाख मसान्तसम्ममा २ अर्ब ११ करोड १८ लाख रुपैयाँ मात्र असुली भएको छ । कार्यालयले आर्थिक वर्षको पहिलो महीना साउनबाहेक अन्य महीनामा राजस्वको लक्ष्य भेट्न सकेको छैन । गत साउनमा कार्यालयले २२ करोड ४९ लाख राजस्व असुलीको लक्ष्यमा २४ करोड ३६ लाख रुपैयाँ उठाएको थियो ।

जलेश्वर भन्सार राजस्व असुलीमा कमजोर

आर्थिक वर्ष २०७९/८० मा जलेश्वर भन्सार कार्यालय मलिबारा महोत्तरीलाई ३ अर्व ६३ करोड ९१ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएकोमा उक्त लक्ष्य पुरा नहुने भएको छ । चैत मसान्त सम्म ९ महिनाको अवधिमा ५६ दशमलव १८ प्रतिशत अर्थात २ अर्व ४ करोड ४४ लाख ३० हजार ३९ रुपैयाँमात्र राजस्व उठाउन भन्सार सफल भएको हो । […]

जलेश्वर भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व उठाउन चुनौती

जनकपुरधाम । जलेश्वर भन्सार कार्यालयले यस वर्ष लक्ष्य अनुसार राजस्व उठाउन चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ७ महीनामा कार्यालयले वार्षिक लक्ष्यको ४२ दशमलव ९७ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ । बाँकी ५ महीनामा कार्यालयले राजस्वको लक्ष्य भेट्न कठिन देखिएको छ । कार्यालयले यस वर्ष रू. ३ अर्ब ६३ करोड राजस्व उठाउने लक्ष्य पाएकोमा माघ मसान्तसम्ममा १ अर्ब ५६ करोड ४३ लाख असुली भएको छ । कार्यालयले आर्थिक वर्षको पहिलो महीना साउनबाहेक अन्य महीनामा लक्ष्य प्राप्त गर्न सकेको छैन । गत साउनमा कार्यालयले रू. २२ करोड ४९ लाख राजस्व असुलीको लक्ष्यमा २४ करोड ३६ लाख, भदौमा रू. २७ करोड २५ लाखको लक्ष्यमा २२ करोड ८३ लाख र असोजमा रू. २८ करोड ५८ लाखको लक्ष्य रहेकोमा २५ करोड २६ लाख संकलन गरेको थियो । त्यस्तै कात्तिकमा रू. ३० करोड ३१ लाख असुलीको लक्ष्यमा २४ करोड ४९ लाख, मङ्सिरमा रू. ३१ करोड ४३ लाख उठाउने लक्ष्यमा १८ करोड ६८ लाख र पुसमा रू. ३३ करोड ७८ लाख संकलन गर्ने लक्ष्य रहेकोमा १८ करोड ६ लाख असुली गरेको छ । यसैगरी माघमा रू. ३० करोड ६६ लाख राजस्व असुलीको लक्ष्य रहेकोमा २२ करोड ७५ लाख मात्र उठेको कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षमा छिमेकी मुलुक भारतको बरौनीबाट महोत्तरीको भिठ्ठामोड नाका हुँदै कम मात्रामा पेट्रोलियम पदार्थ आएकाले राजस्व प्रभावित भएको प्रमुख भन्सार अधिकृत अमित पौडेलले बताए । साथै अन्य मालवस्तुको आयात समेत घट्दा राजस्व कम उठेको उनको भनाइ छ । गत आर्थिक वर्षमा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाएको थियो । सो अवधिमा कार्यालयले रू. १ अर्ब ७० करोड राजस्व उठाउने लक्ष्य पाएकोमा ३ अर्ब ९ करोड असुली भएको थियो, जसमध्ये पेट्रोलियम पदार्थबाट मात्रै २ अर्ब राजस्व उठेको थियो ।

जलेश्वर भन्सार कार्यालयद्वारा नौ करोड ३४ लाख राजस्व संकलन

जलेश्वर- महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा एकसय ८१ प्रतिशत राजस्व असुली गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७८/७९ को  साउनदेखि असार मसान्तसम्ममा एक अर्ब ७० करोड ७० लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  भन्सारले सो अवधिमा तीन अर्ब नौ करोड ३४ लाख ७० हजार राजस्व असुली गरेको भन्सार […]

लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व संकलन

महोत्तरी– महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु. एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो । सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी […]

जलेश्वर भन्सारले उठायो लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व

जनकपुरधाम : महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्य भन्दा २०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।भन्सार कार्यालयका सूचना अधिकारी एवं अधिकृत डिल्लीराम सुवेदीका अनुसार यस भन्सार कार्यालयले २०७७/०७८ को सुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको बताए।अधिकृत सुवेदीले जलेश्वर भन्सारले २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा एक अर्ब ६२ करोड

जलेश्वर भन्सारले लक्ष्यभन्दा २०४ प्रतिशत बढी  राजस्व  उठायो

महोत्तरीको जलेश्वर भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा २०० भन्दा बढी प्रतिशत राजस्व असुली गरेको छ ।भन्सार अधिकृत एवं सूचना अधिकारी डिल्लीराम सुवेदीका अनुसार जलेश्वर भन्सार कार्यालयले आव २०७७/०७८ को शुरु साउनदेखि अन्तिम असार मसान्तसम्ममा भन्सारले लिएको राजस्व असुलीका लक्ष्यभन्दा २०४ प्रतिशत बढी राजस्व असुली भएको बताए ।उनले जलेश्वर भन्सारले आव २०७७/०७८ मा जम्मा ७९ करोड ६५ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा भन्सारले सो अवधिमा रु एक अर्ब ६२ करोड ८८ लाख आठ हजार राजस्व असुली गरेको बत