सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु हुँदैछ । काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा बिहान ८ बजेदेखि मतगणना सुरु गरिँदैछ। मतगणनाका लागि गएराति सर्वदलीय बैठकले सहमति जुटाइसकेको छ । चितवनको भरतपुर महानगरपालिकामा पनि आज बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय भएको छ भने कास्कीको पोखरा महानगरपालिकामा पनि आज बिहानदेखि मतगणना थाल्ने निर्णय भएको छ । यस्तै ललितपुर महानगरपालिकामा आज बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणनाको समय निर्धा