काठमाडौं । नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्री बन्ने तयारीमा जुटेकी छन् । पार्टीको जारी एकता महाधिवेशनमा उनले महामन्त्री पदमा दाबी गरेकी हुन् ।
नायिका थापाले अध्यक्षका उमेदवार राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्री बन्ने दौडधुप गरेकी छन् । लिङ्देननिकट स्रोतका अनुसार नायिका थापाले आफू महामन्त्री बन्ने प्रस्ताव लिङ्देनसँग राखेकी छन्...