उत्तर कोरियाले गर्यो एकैपटक तीनओटा मिसाइल प्रहार

उत्तर कोरियाले तीन वटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले बुधबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको  केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो ।  क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए । उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरिया

सम्बन्धित सामग्री

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

उत्तर कोरियाको आणविक परीक्षणको अन्तराष्ट्रिय समुदायले गर्यो निन्दा

उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् । उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ । सो व्यालिस्टिक मिसाइल करिव ५००

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसीएनएले जानकारी दिएको छ । दक्षिण कोरिय

जापानमा मिसाइल प्रक्षेपण सैन्य कारबाहीको पहिलो कदमः उत्तर कोरिया

काठमाडौं । मंगलवार बिहानै जापानी भूमीमा मिसाइल प्रहार गरेको उत्तर कोरियाले उक्त कामलाई प्रशान्त क्षेत्रमा