३१ दिन खाली खुट्टा हिँडेर नवराज बोहरा सुर्खेतबाट काठमाडौं आइपुगे। जेठ ४ गते सुर्खेतबाट हिँडेका नवराजले महेन्द्र राजमार्गको ६ सय किलोमिटर छिचोलेर असार ४ गते काठमाडौं टेके।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देश र जनताका आवश्यकताका आधारमा सरकारले काम गरिरहेको बताएका छन्। लमजुङ बेँसी सहर नगरपालिका-८ मा आज आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले जनताले वर्तमान सरकारले राम्रो काम गरेको हेर्न चाहेकाले सोही अनुरूप काम गरेर जनताको आशा र विश्वास पूरा गर्ने […]
काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाइने भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र […]
स्विट्जरल्याण्ड सरकारले शुक्रबार एक महत्वपूर्ण निर्णय गर्दै सिरियामाथि लगाइएको आर्थिक प्रतिबन्धको ठूलो हिस्सा हटाउने घोषणा गरेको छ। प्रतिबन्ध हटाइएका क्षेत्रहरूमा सिरियाको केन्द्रीय बैंकसमेत परेको छ। स्विट्जरल्याण्डको सर्वोच्च कार्यकारी निकाय संघीय परिषद्का अनुसार, यो निर्णय सिरियाको आर्थिक पुनःउत्थानलाई सघाउने र समावेशी तथा शान्तिपूर्ण राजनीतिक रूपान्तरणलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो। सन् २०२४ डिसेम्बरमा सिरियाली पूर्व राष्ट्रपति […]