कास्की – पोखरामा भइरहेकाे १९ औँ संस्करणको आहा रारा गोल्ड कप प्रतियोगिताकाे सेमिफाइनल समीकरण पूरा भएको छ ।
पोखरा रङ्गशालामा मङ्गलवार नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई चार–शून्यले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । वाग्मती गोल्ड कपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्री स्टारलाई पुलिसले पराजित गरेर अफ्रिकन रुटसँगकाे भेट पक्का गरेको हो ।
सुरुवातबाट नै दबाब दिएर खेलेको पुलिसले खेलकाे २९ औँ मिनेटमा बुद्धबल तामाङले ‘वान टच’ मा...