बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म बजार पुँजीकरण १२३.७ प्रतिशतले वृद्धि भएको उल्लेख छ । २०७७ असार मसान्तमा १,३६२.४ रहेको नेप्से सूचकाङ्क २०७८ असार मसान्तमा २,८८३.४ कायम भएको छ । त्यसैगरी बजार पुँजीकरण २०७७ असार मसान्तमा रु. १,७९२ अर्ब ७६ करोड रहेकोमा २०७८ असार मसान्तमा १२३.७ प्रतिशतले वृद्धि भई रु. ४,०१० अर्ब ९६ करोड कायम भएको मौद्रिक नीतिमा उल्लेख छ ।आर्थिक वर्ष २०७७/७८ मा नेपाल धितोपत्र बोर्डले रु. २३ अर्ब ४ करोड बराबरको ऋणपत्र, रु. १५ अर्ब १८ करोड बराबरको साधारण शेयर, रु. १

सम्बन्धित सामग्री

मौद्रिक नीति समीक्षापछि चार खर्ब बढ्यो पुँजीकरण

मौद्रिक नीतिपछि सेयर लगानीकर्ताको बजार पुँजीकरण बढेको छ । गत कात्तिक २२ मा राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको समीक्षापछि लगानीकर्ताको बजार पुँजीकरण चार खर्ब रुपैयाँले बढेको हो । मौद्रिक नीति जारी हुनु एक...

पहिलो महिनामा पुँजीकरण ४४१४ अर्ब

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना  साउनमा  धितोपत्र  बजार  पुँजीकरण  ४४१४  अर्ब  रुपियाँ  पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो बजार पुँजीकरण झन्डै  साढे  दुुई  गुणाले  बढेको  हो ।  २०७७  साउन  मसान्तमा  बजार पुँजीकरण १८३७ अर्ब रुपियाँ रहेको थियो । २०७८  साउनमा  नेपाल  स्टक  एक्सचेन्ज  लिमिटेडमा  सूचीकृत कम्पनीको सङ्ख्या २२० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४४ बैङ्क तथा  ...

१२३ प्रतिशतले बढ्यो पुँजी बजारको पुँजीकरण

काठमाडौं। विगत एक वर्षको अवधिमा सेयर बजारको पुँजीकरण १२३ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले बताएअनुसार २०७७–२०७८ को असार मसान्तको बीचमा पुँजीकरण १२३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको असार मसान्तमा सेयर बजारको पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७ मा २८ खर्ब ८३ अर्ब रुपैयाँ कायम थियो।

नेप्सेमा दोहोरो अंकको वृद्धि, बजार पुँजीकरण ४० खर्ब

काठमाडौँ – सेयर कारोवारको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि हुँदा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार बराबर पुगेको छ। केही दिनदेखि झिनो अंकले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अंकले वृद्धि भई दुई हजार ८८३.२८ मा पुगेको हो। यस्तै ठूला कम्पनीको सेयर कारोवार मापक सेन्सेटिभ […]

सेयर बजार पुँजीकरण : तथ्यांक कि मिथ्यांक ?

धितोपत्र बजारको दीर्घकालीन विकास र विश्वसनीयताका लागि पनि बजार पुँजीकरणको तथ्यांकीय शुद्धीकरण र गणना विधिमा सुधार अपरिहार्य छ । सामान्यतः धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयर कित्तालाई अन्तिम कारोबार मूल्यमा गणना भएको कुल बजार मूल्य नै उक्त कम्पनीको बजार पुँजीकरण हो । यसले बजारले तिरेको अन्तिम मूल्यमा अनुमानित सेयरधनीको सेयर सम्पत्ति र कम्पनीको मोल (भ्यालु) जनाउँछ […]

एक वर्षमै नेप्से परिसूचक ९०७ अंकले उकालो, पुँजीकरण ३१ खर्ब नजिक

२ माघ, काठमाडौं । सेयर बजारको पुँजीकरण ३१ खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्म सेयर बजारको पुँजीकरण ३० खर्ब ७९ अर्बर् ९४ करोड रुपैयाँ पुगेको हो । समग्रमा सेयरको मूल्यमा भएको सुधार र केहि नयाँ सेयर समेत सूचीकृत भएका बजार पुँजीकरणमा निकै राम्रो सुधार भएको हो । चालु […]

नेपालको बजार पुँजीकरण र सुधारको आवश्यकता

बजार पुँजीकरण भनेको धितोपत्र वा सेयर बजारमा सूचीकृत कम्पनीहरूको कायम सेयरको रुपैयाँमा अभिव्यक्त प्रचलित कुल बजार मूल्य हो । सूचीकृत सबै कम्पनीको कुल बजार मूल्यको योगलाई सामान्यतः बजार पुँजीकरण भनिन्छ । यस हिसाबले सूचीकृत कम्पनीहरूको तत्कालको कुल बजार मूल्य नै बजार पुँजीकरण हो ।

बजार पुँजीकरण सत्ताइस खर्बभन्दा माथि

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म धितोपत्र बजार पुँजीकरण २७ खर्ब २१ अर्ब ११ करोड रुपियाँ कायम भएको छ ।