भरतपुर महानगरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन्। गठबन्धनबाट उपमेयरका उम्मेदवार रहेका अधिकारीले ४७ हजार २२८ मत पाएका छन्। अधिकारीले जित निकाले पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ। १३ हजार ६८९ मत गन्न बाँकी छाँदा अधिकारी १९ हजार बढी मतका साथ अग्रता लिइरहेका छन्।…

सम्बन्धित सामग्री

भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

काठमाण्डाै - भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभएको हो । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९  मतान्तरले पराजित गर्नुभएको हो । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५ सय ८१  मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी  ...

भरतपुर महानगरको मेयरमा पुनः रेनु दाहाल, उपमेयर बने चित्रसेन अधिकारी

जेठ १०, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको तर्फाबाट उम्मेदवार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल विजयी भएकी छिन् ।  दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन् । उपमेयरमा सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । चित्रसेन एमालेले समर्थन गरेको राप्रपाकी हिमला गुरूङको २२ हजार १९१ को फराकिलो मतान्तरले पराजित गरेका हुन् । महानगरपालिकाको २९ ओटा वडाहरुमध्ये नेपाली कांग्रेसले १६ ओटा वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले ६ वटा वडामा जित प्राप्त गरेको छ ।  यस्तै नेकपा माओवादी केन्द्रले ३ ओटा वडा तथा नेकपा (एकीकृत समाजवादी)ले ३ वटा वडा जित्न सफल भएको छ । वडा नम्बर २५ मा भने वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार छबिलाल सापकोटा विजयी भएका छन् ।

को हुन् भरतपुर महानगरको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी ?

भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा  १ लाख १६ हजार ६६६  मत गणना सकिसक्दा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार ९५८ मत पाएका छन् ।को हुन् चित्रसेन ? भरतपुर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित चित्रसेन अधिकारी राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । २०२४ साल जेठ १ गते बुवा हर्क बहादुर (कोते) अधिकारी र आमा दुर्गा कुमार

भरतपुरको उपमेयरमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी विजयी

चितवन- भरतपुर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ । […]

बाइरोडको बाटोमाः जनमत कि जडमत?

एउटा जीत–हारले देश दुर्घटनामा जान सक्ने सोच त्यस्ता व्यक्तिले मात्र राख्न सक्छन् जसका निम्ति आममतदाताको भन्दा जित्नेको अधिकार ठूलो हो। होइन भने चितवनमा रेणु दाहाल र चित्रसेन अधिकारी विजयी नहुँदैमा देश दुर्घटनामा जान सक्दैन।...

भरतपुर महानगरको कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

काठमाडौं : नेपाली कांग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन्। आइतवार भएको निर्वाचनबाट अधिकारी महानगर सभापतिमा निर्वाचित भएका हुन्। अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन्। भरतपुर वडा २१ का वडाध्यक्षसमेत रहेका उनले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे। अधिकारी केन्द्रीय…

कांग्रेसको भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी

११ असोज, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिका सभापतिमा चित्रसेन अधिकारी निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार रामचन्द्र पौडेल समूहका अधिकारी ६४९ मतसहित सभापति चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शेरबहादुर देउवा पक्षका भरत अधिकारीले ५४६ मत पाए । भरत निवर्तमान सभापति हुन् भने चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ […]

भरतपुर महानगर सभापतिमा पौडेल पक्षीय चित्रसेन अधिकारी विजयी

नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत अधिकारीलाई  १ सय ३ मतले पराजित गरेका हुन् ।उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट चित्रसेन ६४९ मत प्राप्त गर्दा भरतले ५४६ मत मात्रै ल्याए ।चित्रसेन भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष पनि हुन्। यस्तै  चितवनको रत्नपनगर सभापतिमा भने सभापति शेरबहादुर देउवा पक्षीय प्रह्लाद सापकोटा विजयी भएका छन्।

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । आइतबार बिहान मतदान र साँझ मतगणना सुरु भएको थियो । कुल एक हजार ४८५ मतदातामध्ये महानगरपालिकाको कार्यसमिति पदका लागि एक हजार ४६६ जनाले मतदान गरेका थिए । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याएको निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी

भरतपुर महानगरपालिका कांग्रेस सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । आइतबार बिहान मतदान र साँझ मतगणना सुरु भएको थियो । कुल एक हजार ४८५ मतदातामध्ये महानगरपालिकाको कार्यसमिति पदका लागि एक हजार ४६६ जनाले मतदान गरेका थिए । विजयी चित्रसेन अधिकारीले ६४९ मत ल्याएको निर्वाचन अधिकृत श्रीराम दवाडीले जानकारी दिए ।