चितवन- भरतपुर महानगरपालिकाको उपमेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन् । गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएर विजयी भएका हुन् । मतगणना नसकिँदै उनको जित सुनिश्चित भएको हो। भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिएको छ । […]