प्रधानमन्त्री देउवासहित नेताहरु निर्वाचन आयोगमा

काठमाडाैँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी अन्तक्रियामा सहभागी हुन निर्वाचन आयोग पुग्नुभएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङकाे उपस्थिति रहेकाे छ । त्यस्तै नेपाली कांग्रेसका उपसभापति […]

सम्बन्धित सामग्री

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि […]

बाबुरामको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं, १२ साउन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा पार्टी दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए । नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरु छन् । कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा […]

विप्लव समूहका नेता प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा

२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ । स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् । पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा […]

निर्वाचन आयोगमा सर्वदलीय बैठक : नेताहरु पुग्ने क्रम जारी (फोटोफिचर)

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाएपनि अहिले नेताहरु जाने क्रम जारी छ ।बैठकका लागि एमाले नेता विष्णु रिमाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल लगायतका नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन् । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

निर्वाचन आयोगमा सनाखत गर्ने क्रममा माधव नेपालसहितका नेताहरु (फोटोफिचर)

काठमाडौं, ९ भदौ । माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएपछि निर्वाचन आयोगले आज नेताहरुलाई सनाखत गर्न बोलाएको छ । माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका छन् । निर्वाचन आयोग स्रोतकाअनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसदले सनाखत गरेका छन् । दल दर्ताको निवेदन दिनेबेला हस्ताक्षर नगरेका […]

सनाखतका लागि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । […]

निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)का नेताहरुको सनाखत जारी

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत जारी छ। नयाँ पार्टीमा अध्यक्ष प्रस्ताव गरिएका माधवकुमार नेपालसहित, रामकुमारी झाँक्री लगायतका नेताहरु आयोग पुगेका हुन्। उनीहरु चन्द्रागिरिबाट सिधैं निर्वाचन आयोग पुगेका हुन्। केन्द्रीय कमिटी बैठकका लागि एकीकृत समाजवादीका नेताहरु सोमबारदेखि चन्द्रागिरिमा थिए।

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको

पार्टी आधिकारिकता दाबी गर्दै जसपा उपेन्द्र पक्ष निर्वाचन आयोगमा

पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ ।जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् । जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र महतो पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले […]