यमनमा भएको हवाई आक्रमणको राष्ट्रसंघद्धारा निन्दा

यमनको सादा नामक सहरमा रहेको एक थुना केन्द्रमा भएको हवाई हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । सो हमलामा परी कम्तीमा पनि १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । शुक्रबार साउदी अबेरियाको नेतृत्वको सैन्य समूहले त्यहाँ हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा परेर अरु कम्तीमा पनि एक सय जना घाइते पनि भएका छन् […]

सम्बन्धित सामग्री

यमन हवाई हमलामा अल-कायदाका शीर्ष नेता मारिए

युद्धग्रस्त यमनमा संदिग्ध अमेरिकी हवाई हमलामा अल-कायदाका एक वरिष्ठ व्यक्ति मारिएका छन्। अल–कायदा इन द अरेबियन पेनिन्सुला (एक्युएपी) का शीर्ष नेता हमाद बिन हमाउद अल-तामिमी, जसलाई वाशिंगटनले विश्वव्यापी जिहादी नेटवर्कको सबैभन्दा खतरनाक शाखाहरू मध्ये एक मान्दछ। सो हवाई आक्रमणमा परी एक अङ्गरक्षसहित मृत्यु भएको एक सुरक्षा अधिकारी जानकारी दिएका छन्। अल-तामिमीले हालै भाडामा लिएको उत्तरी […]

यमनी हवाई आक्रमणमा हाम्रो संलग्नता छैन : गठबन्धन

साउदी अरब नेतृत्वको यमनी हुथी समूह विरोधी गठबन्धनले विद्रोही बन्दीहरू राखेको यमनको उत्तरी क्षेत्रमा रहेको एक जेलमा भएको हवाई आक्रमणमा आफ्नो संलग्नता नरहेको दावी शनिबार गरेको छ । यमनमा कार्यरत सहायता समूहहरूले शुक्रबार बिहानै गरिएको आक्रमणमा आप्रवासी, महिला र बालबालिकासहित कम्तीमा ७० जनाभन्दा बढीको मृत्यु भएको जनाएका छन् ।प्रारम्भिक समाचारहरूमा उक्त हमलामा २०० भन्दा बढी घाइते भएका र करिब १०० जनाको मृत्यु भएको जनाइएको थियो । सैन्य गठबन्धनले भवनहरूलाई भग्नावशेषमा परिणत गर्नेगरी भएको भनिएको उक्

यमनमा साउदीको हवाई आक्रमण, ७० भन्दा बढीको मृत्यु

यमनको एक हिरासत केन्द्रमा साउदी नेतृत्व भएको गठबन्धको तर्फबाट गरिएको हवाई आक्रमणको संयुक्त राष्ट्रले विरोध गरेको छ । उक्त हवाई हमलामा ७० भन्दा बढी मारिएका छन् ।हुती विद्रोहीको आन्दोलनको गढ मानिने सादाको हिरासत केन्द्रमा शुक्रबार हमला गरिएको हो । मृत्यु हुनेको सटिक आँकडा स्पष्ट छैन तर मेडिसिन्स साँ फ्रन्तिए (एमएसएफ) ले हमलामा कम्तीमा ७० जना मारिएको जानकारी दिएको छ । यद्यपि, यो संख्या थप बढ्न सक्ने आशंका छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरसले भने, ‘यस्ता खालका हमला

यमनको हवाई हमलामा हुथीका कमाण्डरसहित २० जनाको मृत्यु

काठमाडौँ। यमनमा भएको हवाई हमलामा हुथीका एक कमाण्डरसहित २० जनाको ज्यान गएको छ । मंगलबार यमनको राजधानी सानामा गरेको गठबन्धन सेनाको हवाई हमलामा परी २० जना मारिएको टीआरटी समाचार माध्यमले जनाएको छ। हवाई हमलामा हुथी लडाकु संगठनको वायु सेनाका जर्नेल अब्दुल्लाह कासिम अल जुलाइदको समेत मृत्यु भएको समाचारमा उल्लेख गरिएको छ ।जुनाइदसहित उनकी श्रीमति र […]

साउदी अरेबिया नेतृत्वको सेनाले यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण

अडेन । यमनमा रहेको साउदी अरेबियाको नेतृत्वको सेनाले यहाँका विभिन्न सहरमा शनिबार पनि आक्रमण गरेको छ । हुथी विद्रोहीको विरुद्धमा कारबाहीका क्रममा सो सेनाले यमनको राजधानी सहर लगायतका विभिन्न सहरमा यस्तो हमला गरेको हो । उक्त सेनाले युद्धक विमानबाट शनिबार मारिब र साबा सहरमा हवाई हमला गरेको हो । त्यस क्रममा हुथी विद्रोहीहरुका कतिपय आश्रयस्थलहरु […]

यमनमा हिंसा बढेको प्रति संयुक्त राष्ट्रसंघद्धारा चिन्ता व्यक्त

सिन्ह्वा, १४ पुस । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसका विशेष दूत ह्यान्स ग्रन्डबर्गले यमनमा पछिल्ला वर्षहरुमा हिंसा बढ्दै गएको बताएका छन् । उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका छन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । उनले राजधानी सानामा पनि निरन्तर रुपमा हवाई […]

यमनमा ८५ विद्रोही मारिएको गठबन्धनको दाबी

साना– यमनमा राष्ट्रसंघद्वारा मान्यता पाएको सरकारको सहयोगमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले मङ्गलबार रणनीतिक सहर मारिब नजिकै हवाई हमला गर्दा कम्तीमा ८५ हुथी विद्रोहीको ज्यान गएको बताइएको छ । साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सीका अनुसार गठबन्धनले विगत २४ घण्टामा मारिबको दक्षिणी भागमा अल–जाबा र ुहरबाट ३० किलोमिटर उत्तरपश्चिममा अल–कासरामा गरेको हवाई […]

यमनमा हुथी विद्रोही र गठबन्धन सेनाबीच भिडन्त, ६७ जनाको मृत्यु

एजेन्सी- यमनमा हुथी विद्रोही र साउदी अरब नेतृत्वको गठबन्धन सेनाबीच भएको भिडन्तमा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । देशको मुख्य शहर मानिने मारिबमा उनीहरू मारिएको स्रोतले सोमबार जानकारी दिएको छ । इरानको समर्थन रहेको हुथी विद्रोहीहरूलाई साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको थियो । यही महिना मात्रै अरू पनि दर्जनौँ लडाकूहरू मारिएको […]

यमनमा हवाई आक्रमण, कम्तीमा २० हुथी विद्रोहीको मृत्यु

एजेन्सी- साउदी नेतृत्वले हुथी विद्रोहीलाई लक्षित गरी गरेको हवाई हमलामा कम्तीमा २० हुथी लडाकू मारिएका छन् । यमनको मारिब प्रान्तमा गरिएको उक्त हमलामा २० बिद्रोही मारिएको सरकारी सैनिक स्रोतले आइतबार जनाएको छ । राहबा जिल्लामा अग्रमोर्चामा लडिरहेका सैनिक अधिकारीले नाम गोप्य राख्ने शर्तमा सिन्ह्वासँग भने, “हवाई हमलाले शनिबार साँझ राहाबा जिल्लामा हुथी लडाकूको अग्रदस्तालाई निशाना […]

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् । गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् । आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् । इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण ग...