१७ साउन, काठमाडौं । लुुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सार्वजनिक खरिद नियमावली अनुसारको प्रक्रिया पूरा नगरी तुरुन्तै प्रादेशिक अस्पताल भवनको ठेक्का लगाउन खोजेको खुलेको छ । १० असार २०७९ मा प्राधिकरणले आह्वान गरेको ६ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमानको उक्त ठेक्कामा प्राधिकरणले सातवटा बोलपत्रमध्ये तीनवटालाई मात्र ‘सर्टलिस्ट’ गरेको थियो । […]