–सिद्धराज भट्ट सुदूरपश्चिम, २० भदौ : नेपाली कांग्रेसको १४औँं महाअधिवेशनको प्रक्रिया आरम्भ भइसक्दा पनि कैलालीमा वडा अधिवेशन अनिश्चित बनेको छ । पार्टीको क्रियाशील सदस्यतामा देखिएको विवाद केन्द्रबाट टुङ्गो लगाउन ढिलो हुँदा वडा अधिवेशन अनिश्चित बनेको कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताउनुभयो । पार्टीको जिल्ला सभापति पदका दाबेदारसमेत रहनुभएका बमले भन्नुभयो, ‘‘केन्द्रमा विवाद समाधानको प्रयास भइरहेको […]