नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो । अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ […]

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जरको सहमति

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जरको सहमति भएको छ ।संस्थालाई थप सबल, सक्षम र दिगो रुपमा अगाडि बढाउनका लागि दुवै संस्थालाई एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्षहरुले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । आपसी समझदारी अनुसार समीट लघुवित्तको मर्जर स्वाप रेसियो अनुपात १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्सको ८२ […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तको विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद २७ असोजसम्म तोकिएको छ ।

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्री खुला

काठमाडौं, ५ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका संस्थापक सेयरधनी माला राजभण्डारीको नाममा रहेको ४ हजार ५६१ कित्ता, गायत्री सुवालको नाममा रहेको २ हजार ५३४ कित्ता र शोभा तण्डुकारको नाममा रहेको ५ हजार ७०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो […]

भोलीदेखि नेशनल माइक्रोफाइनान्सको १८ हजार कित्ता शेयर लिलामी बिक्रि खुल्ला

काठमाडौं, १४ भदौ । भोलीदेखि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने जनाएको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गर्ने भएको हो । उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त […]

नेशनल माइक्रोफाइनान्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, १७ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन १६ गतेदेखि संस्थापक शेयर लिलामीमा आएको छ । विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो । संस्थाले ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको हो । प्रतिकित्ता शेयरमुल्य न्यूनतम १२ सय २२ रुपैयाँ तोकिएको […]

नेशनल माइक्रोफाइनान्सको एकीकृत कारोबार सुरू

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेर बुधबारदेखि एकीकृत कारोबार सुरु भएको छ । प्राप्तिपछि दुई कम्पनी एक भएर नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।दुवै कम्पनिले गत जेठ २५ गतेको विशेष साधारणसभाबाट प्राप्तिसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनीबीच माघ ८ गते मर्जरसम्बन्धी […]

नेशनल माइक्रोफाइनान्सको ७६ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, २८ असार । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले ७६ हजार ५० कित्ता शेयरमा असार ३० गतेसम्म बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा ल्याएको हो । चैत्र ३१ गतेदेखि जेठ ३ गतेसम्म संस्थापकहरुलाई प्राथमिकता दिदै ३५ दिनको सुचना जारी गरेको थियो । सो अवधिमा संस्थापकहरुबाट आवेदन नपरेपछि […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमा

१० जेठ, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तरगतको ८० हजार कित्ता सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य रु. १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै […]

नेशनल माइक्रोफाइनान्सको जेठ २५ गते विशेष साधारण सभा हुने

काठमाडौं, १० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सभा धादिङस्थित केन्द्रिय कार्यालयबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै हिजो बसेको संचालक समितिको बैठकले भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको जनाएको छ । सभाले महिला लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि […]