थ्रीस्टार क्लब फ्रेण्ड्ससँग बराबरीमा रोकियो

१७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई ललितपुरे क्लबबीचको रोमाञ्चक खेलमा फ्रेण्ड्सले दोस्रो हाफको सुरुमा गोल गर्दै पहिले अग्रता लिएको थियो । तर थ्री स्टारले अन्तिम सात मिनेटभित्र बराबरी गोल फर्काएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलको पहिलो […]

सम्बन्धित सामग्री

केपी ओली कप : एनआरटीसँग थ्रीस्टार स्तब्ध

काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ

आहारारा पोखरा गोल्डकपः जावलाखेललाई रोक्दै थ्रीस्टार फाइनलमा

पोखरा – थ्रीस्टार क्लब २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको फाइनल प्रवेश गरेको छ। बुधबार पोखरा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई १–० गोलअन्तरले रोक्दै थ्रीस्टारले फाइनलमा स्थान पक्का गरेको हो। दीपेश घलेले खेलको ७८ औं मिनेटमा गरेको गोल नै थ्रीस्टारको जितमा निर्णायक बन्यो। आदित्य शाक्यको सट्टा मैदान छिरेका उनले १२ मिनेटमा टिमको […]

आहा ! रारा गोल्ड कप: भुटानको पारोलाई हराउँदै थ्रीस्टार सेमिफाइनलमा

विदेशी टिम भुटानको पारो फुटबल क्लबलाई स्तब्ध पार्दै थ्रीस्टार क्लब आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।...

पोखरा गोल्डकप : थ्रीस्टार क्वार्टरफाइनलमा प्रवेश

पोखरा : आहा रारा पोखरा गोल्डकपको २३औं संस्करण मंगलबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सहारा क्लब पराजित भएको छ। आज सहारा क्लबलाई २(१ गोल अन्तरले हराउँदै थ्रीस्टार क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ। थ्रीस्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे। सहाराका आशिष गुरुङले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन्।अब शनिबार हुने क्वार्टर फाइनलमा थ्रीस्टारले भुटानको पारो एफसीसँग खेल्नेछ। दोस्रो खेलमा आज राइजिङ स्टार एफसी र विभागीय टिम त्रिभुवन आर्मी क्लबबीच हुनेछ।यसैबीच राष्ट्र

थ्रीस्टार र युरो प्यासन यूएसएबीच सम्झौता

२० फागुन, काठमाडौं । ए डिभिजनको थ्रीस्टार क्लब र स्पोर्ट्स ब्रान्ड युरो प्यासन यूएसएबीच किट्स प्रायोजनका लागि सम्झौता भएको छ। सम्झौतापछि  शहीद स्मारक ए डिभिजन लिग २०२३ मा थ्रीस्टार क्लबले युरो प्यासन यूएसएको जर्सी र अन्य किट्सको प्रयोग गर्नेछ। थ्री स्टार क्लब तथा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी प्रलय राजभण्डारी निर्देशक रहेको युरो प्यासन […]

थ्रीस्टार र पुलिसले अंक बाँडे

४ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन र दोस्रो हाफमा पुलिसले गोल फर्कायो । खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए […]

ए डिभिजन फुटबलः थ्रीस्टार र पुलिसबीचको खेलमा बराबरी

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको थ्रीस्टार र पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ । थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीपछि पुलिस पूर्ण रूपमा रेलिगेसनबाट बचेको छ । थ्रीस्टार भने यसअघि नै ढुक्क भएको थियो । त्यस्तै, सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको त्रिभुवन आर्मी क्लब […]

आहा रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित

बीसौँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।    सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा ! राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट ...

उपाधि दावेदार थ्रीस्टार लगातार दोस्रो खेलमा जितविहिन

काठमाडौं-शहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दावेदार थ्रीस्टार क्लब लगातार दोस्रो खेलमा जितविहिन बनेको छ। दशरथ रंगशालामा भएको पहिलो खेलमा थ्रीस्टार, फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकियो। अघिल्लो खेेलमा थ्रीस्टारले सातदोबाटो युथ क्लबसँग हार ब्यहोरेको थियो। फ्रेन्ड्ससँग पनि थ्रीस्टारलाई बराबरी गर्न हम्मेहम्मे भएको थियो। थ्रीस्टारका मिक्चेन तामाङले ८३ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए। […]

थ्रीस्टार क्लब विराट गोल्डकप च्याम्पियन

पूर्वी नेपालको प्रतिष्ठित विराट गोल्डकप-२०७४ को उपाधि थ्रीस्टार क्लब काठमाडौँले उचाल्न सफल भएको छ । विराटनगरको सहिद मैदानमा सोमबार साँझ सम्पन्न