तिहारको चहलपहल (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंमा चहलपहल बढेको छ । काठमाडौंका व्यापारिक केन्द्र मानिने न्युरोड, इन्द्रचोक, भेडासिङ, असन बजारलगायतका क्षेत्रमा ग्राहकहरूको भिड लाग्न थालेको छ । यी क्षेत्रहरूमा घरायसी सम्पूर्ण सामग्री पाइने भएकाले पनि ग्राहकहरूको भिड लागेको हो । बजार अहिले तिहार लक्षित सामग्रीले रङ्गीचङ्गी बनेको छ ।  तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

सम्बन्धित सामग्री

राजधानीका मुख्य व्यापारिक क्षेत्रमा बढ्यो तिहारको चहलपहल

काठमाडौँ – काठमाडौँको मुख्य व्यापारिक क्षेत्र असनचोकमा तिहार सामग्री बेच्दै गरेकी रेश्मा तुलाधर नेपालीको दोस्रो ठूला पर्व नजिकिएसँगै व्यापार उल्लासमय बन्दै गएको बताउँछिन्। “केही समय पहिला सुनसान बनेको व्यापार चाडवाड नजिकिएसँगै चहलपहल बढ्दो छ । विशेष गरी तिहार केन्द्रित सामग्री यस ठाउँमा बिक्री हुनाले उपत्यकावासी र उपत्यकाबाट तिहारको लागि बाहिरिने सर्वसाधारणको किनमेलको चाप अहिले उल्लेख्य […]

डेङ्गुको उच्च जोखिममा बर्दिबास

बर्दिबास – मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ। महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन्। साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिए। ‘साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म […]

बजारमा सुरु भयो तिहारको  चहलपहल (फोटो)

काठमाडौं : नेपालीहरुको महान चाड शुभ दीपावली शुरु भएसँगै काठमाडौं लगायत देशभरका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ। तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भिड देखिएको हो।काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटी लगायतका क्षेत्रमा सर्वासाधारणको चाप उल्लेख्य छ। काठमाडौंका भित्री शहरका गल्लीमा समेत खाने मसलाका आकर्षक प्याकेटहरु सजाइएको छ।मखमली र सयपत्री फूलले राजधानीको बजार ढाकिएका देख्न सकिन्छ। बजार घुम्न जानेलाईसमेत तिहारको रमझमले आ

तस्बिरमा हेर्नुहोस् तिहारको चहलपहल

हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहार नजिकिँदै जाँदा त्यसको चाप बजारमा देखिन थालेको छ । तिहारका लागि किनमेल गर्न राजधानीको असन, इन्द्रचोकलगायतका क्षेत्रमा चहलपहल बढेको हो । तिहारमा विशेषगरी फूलमाला, भाइमसला (काजु, किसमिस, बदाम, नरिवल, जिन्जर लगायतका वस्तु) र झिलिमिली बत्तीको व्यापार ह्वात्तै बढ्छ । यसबाहेक, लत्ताकपडा र जुत्ताचप्पलको व्यापार समेत यो चाडमा बढ्ने गर्छ । यस वर्षको तिहार आइतबारदेखि सुरु हुँदैछ । आइतबार  काग तिहार परेको छ भने भाइटीका कात्तिक १० गते परेको छ । असन -इ

असनमा तिहारको चहलपहल (फोटो फिचर)

काठमाण्डाै – नुनदेखि सुनसम्म पाइने ठाउँ असनमा प्रायः सधैंजसो भीड हुन्छ । दशैँ, तिहारको बेलामा त झन् पाइला राख्ने ठाउँ भेट्न पनि मुश्किल पर्छ । तिहार नजिकिँदै गर्दा असनमा चहलपहल ह्वात्तै बढेको छ । तिहारमा चाहिने भाँडाकुँडा, बत्ति, पाला, भाइमसला, उपहारका सरसामान लगायत सबैथोक पाइने भएकाले धेरैको रोजाई असन, इन्द्रचोक क्षेत्र पर्ने गरेको छ । केही दिनदेखि असन क्षेत्रमा उपभोक्ताको भीड बढेको छ भने व्यापारीलाई पनि भ्याइनभ्याइ भएको छ । फोटो : महेश ज्ञवाली

भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त

काठमाडाैं । तिहारको चहलपहल शुरु भएसँगै भक्तपुरका प्रजापति समुदाय पाला बनाउन व्यस्त भएका छन् । तिहारको समयमा प्रयोग हुने माटोको दियो र पाला बनाउन अहिले भक्तपुरका प्रजापति समुदाय व्यस्त भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष पालाको माग धेरै भएकाले प्रजापती समुदायलाई फुर्सद छैन । परम्परागत रुपमा बनाइने माटोका भाँडा पर्यटकका लागि पनि आकर्षणको […]

देउसी भैलोको माहोल

काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।

डोटीमा तिहारको चहलपहल सुरुः व्यावसायिक कारोबारमा वृद्धि

डोटी – केही दिनयतादेखि यहाँका प्रमुख बजार तथा गाउँमा तिहारको चहलपहल सुरु भएको छ। बजारमा रंगीचंगी फूलका माला तथा झिलिमिली बिजुली बत्ती बिक्रीवितरण गर्न खोलिएका अस्थायी पसलका कारण यहाँ तिहारको रौनकता झनै चम्काएको हो। रातिको समयमा यहाँका बजारमा बालिएका थरीथरीका झिलिमिली बत्तीले यहाँका प्रमुख बजार, दिपायल, पिपल्ला, राजपुर, कालागाढ, गोपघाट, बुडर, बिपीनगर, जोरायल, गैरा, बानीडुग्रीसैन […]

बजारमा तिहारको चहलपहल बढ्यो, तस्बिरमा हेर्नुहोस्

हिन्दु नेपालीको पर्व तिहारको चहलपहल बढ्न थालेको छ । राजधानीका असन, इन्द्रचोकलगायतका स्थानमा तिहारका लागि आवश्यक पर्ने सरसामाग्री किन्नेको घुइँचो देख्न सकिन्छ । तिहारको बेला ढाका टोपी, झिलिमिली बत्ती, भाइमसला, लत्ताकपडा, सप्तरंगी टीकालगायतको राम्रो व्यापार हुने व्यवसायीहरु बताउँछन् । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सु...

बजारमा तिहारको चहलपहल बढ्यो

तिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्ने उपभोक्ताको घुइँचो लाग्न थालेको छ । उपत्यकामा मुख्य बजारमा तिहारका लागि आवश्यक सामान किनमेल गर्ने ग्राहकको घुइँचो देख्न सकिन्छ ।विशेषगरी न्युरोड, असन, भोटाहिटीलगायत क्षेत्रमा बढी चहलपहल छ । तिहारका लागि आवश्यक पर्ने भाइमसला, लत्ताकपडा, पाला, बिजुलीका झिलिमिली बत्ती, माटोका पाला, माला, लक्ष्मी पूजाका लागि आवश्यक पर्ने सामानको व्यापार बढ्न […]