कात्तिक महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार ४ महिनाको (साउन–कात्तिक) वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो । १४ महिनापछि अघिल्लो महिना बचतमा देखिएको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । तर यता समीक्षा अवधिमा मुलुकको चालु खाता ३५ अर्ब ४० करोडले घाटामा रहेको छ