नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक रिपोर्टमा बैंकले आर्थिक वर्षको पहिलो महिना (साउन) मा मुलुकको चालु खाता घाटा १६ अर्ब २६ करोड र शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड घाटामा रहेको जनाएको हो । यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४७ अर्ब २९ करोड र ३८ अर्ब ७५ करोड रहेको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यसवर्ष मुलुकको वित्तीय स्थिति राम्रो रहेको बैंकको तथ्याङ्कले देखाएको छ । यद्यपि, विदेशी ऋण, अस