राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखले सर्वोच्चलाई कस्तो जवाफ दिए?

काठमाडौं : राष्ट्रपति कार्यालय, सरकार र सभामुखले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन्। आइतबार तीनै निकायले सर्वोच्च अदालत समक्ष महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पठाएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जवाफ पेश गरेका छन्। सरकारले आफ्नो कदम जायज र संवैधानिक भएको दावी पेश गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भन्दै राजनीत

सम्बन्धित सामग्री

नयाँ सरकार गठनको दाबी गर्न दाहाल र ओली राष्ट्रपति कार्यालय जाँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित नयाँ गठबन्धन दलका शीर्ष नेताहरू सरकार गठनको दाबी गर्न राष्ट्रपति कार्यालय जान लागेका छन् । एमाले अध्यक्ष ओलीको निवास बालकोटमा आइतबार बसेको नयाँ गठबन्धनको बैठकले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको थियाे । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका […]

प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालय जाने प्रचण्डको तयारी

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको चार दलको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने समझदारी भएको छ। उक्त सहमतिअनुरुप अध्यक्ष दाहाल आफूलाई प्रधानमन्त्री दाबी गर्दै आइतबार अपराह्न नै राष्ट्रपति कार्यालय जाने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलहरु मिलेर […]

राष्ट्रपति–प्रधानमन्त्री भेट जारी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।  भेटको विषयवस्तुबारे औपचारिक जानकारी दिइएको छैन । तर, प्रतिनिधिसभा र राष्ट्रिय...

श्रीलङ्काका प्रधानमन्त्री राजीनामा दिन तयार

काठमाडौँ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफूले राजीनामा दिन तयार रहेको बताएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत (फोटो फिचर)

२९ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिएपछि उनी नवनियुक्त मन्त्रीहरुसँगै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए । त्यसमा क्रममा कर्मचारी र सुरक्षाकर्मीले प्रधानमन्त्री र मन्त्रीहरुको स्वागत गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक मंगलबार साँझ नै बसेको […]

प्रधानमन्त्री ओलीसँग सर्वोच्चले माग्यो शपथका विषयमा लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री पुगे शितलनिवास

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको छ । प्रधानमन्त्री कार्यालयले भने, नियमित भेटघाटका लागि शितलनिवास पुगेको जनाएको छ ।