असिना नपरेपछि सुन्तला उत्पादनमा वृद्धि

तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । “गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ । यहाँ उत्पादित सुन्तला प्रायःजसो देशका ठूला सहरमा बिक्री वितरण हुन्छ”, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले भने,

सम्बन्धित सामग्री

पर्वतमा करीब २५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

पर्वत । पर्वतको मुख्य निकासीयोग्य वस्तुको रूपमा रहेको सुन्तलाको उत्पादनमा यस वर्ष वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन करीब २५ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तलाखेती गर्ने क्षेत्रफल र उत्पादन दुवै बढेको हो । यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ, जसमध्ये चार हजार दुई सय ५० मेट्रिक टन सुन्तला जिल्लाबाहिर निकासी भएको ज्ञान केन्द्रले बताएको छ । गत कात्तिक अन्तिम सातादेखि माघ अन्तिम सातासम्म जिल्लाको सुन्तला निकासी भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थित बाँसखर्कबाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो । निकासी भएको चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा रू. २९ करोड ७५ लाख आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन् । पर्वतबाट औसत रू. ७० को दरले सुन्तला निर्यात भएको छ । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन् ।   जिल्लामा अहिले ८ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको छ । सोमध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन शुरू हुनेछ । उत्पादित सुन्तलामध्ये झन्डै १५ प्रतिशत स्थानीय उपभोगमै खर्चिएको अनुमान छ । गतवर्ष पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष ११ प्रतिशत बढी क्षेत्रफलमा उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन् । यस वर्ष अनुकूल मौसम, रोग कीराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो । पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरूले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ । ‘किसानले मल, कीटनाशक विषादीको प्रयोग तथा बगैंचा सुधार गरेको र यस वर्ष हावाहुरी असिना नपरेकाले सुन्तला उत्पादनमा वृद्धि भएको हो,’ उनले भनिन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतका जलजला, मोदी, महाशिला र पैंयु गाउँपालिकाका साथै फलेवास नगरपालिकाका विभिन्न वडालाई सुन्तला जोन र ब्लकको रूपमा विकास गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्कमा  सबैभन्दा बढी सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट भन्डै रू. आठ करोडको सुन्तला निकासी भएको छ । रासस

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

डुम्रे – तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ। यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ। फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ। तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर पनि छ। यहाँ उत्पादित […]

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

डुम्रे । तनहुँमा उत्पादित सुन्तला जिल्ला बाहिरका बजारमा खपत हुने गरेको छ । यस वर्ष तनहुँमा सुन्तला उत्पादन वृद्धि भएको छ । फूल फुल्ने र दाना लागिसकेपछि असिना नपरेकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ‘गत वर्षको तुलनामा यस वर्ष जिल्लामा सुन्तला उत्पादन वृद्धि भएको छ । तनहुँ सुन्तला उत्पादनमा आत्मनिर्भर […]

असिना नपरेपछि सुन्तला उत्पादन वृद्धि

उत्पादनको क्षेत्रफल भने घटेको तर उत्पादन वृद्धि भएको उनी बताउँछन्। ‘यस वर्ष करिब ३० प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ। फल्ने क्षेत्रफल घटेको छ’, तिवारीले भने। गत वर्ष जिल्लामा एक हजार छ सय ६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको उनले बताए। उनका अनुसार उक्त क्षेत्रफलमा नौ हजार पाँच सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

उत्पादन कम भएपनि आम्दानी बढ्यो

गत वर्षको तुलनामा संखुवासभामा यस वर्ष सुन्तला उत्पादनमा कमि आएपछि बजारमा सुन्तलाको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ५ हजार ३ सय १ मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष ३ हजार ८ सय मेट्रिकटन सुन्तला मात्र उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्र संखुवासभाले जनाएको छ । असिना पानीका साथै रोग किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमि आएको जिल्ला कृिष ज्ञान केन्द्र संखुवासभाका प्रमुख गोविन्द आचार्यले बताए ।