संघीय संसदको अधिवेशन जारी

काठमाडौं । संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ । अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले मंगलबार संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन्। सरकारको सिफारिस अनुसार संसदको बैठक पुस २५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।सोमबार बेलुकी बसेको नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले संसद अधिवेशन पुस २५ मा आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।संविधानमा संसदको अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिल

राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यलाई सम्बोधन गर्दै राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सम्वत् २०७९ साल पुस २५ गते सोमबारका दिन १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु।’ सोमबार मात्रै प्रधानमन्त्री

राष्ट्रपतिले पुस २५ गतेका लागि आह्वान गरिन् संघीय संसदको अधिवेशन

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गतेका लागि बैठक आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ९३…

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९र१र२५ को सिफारिशमा सम्वत् २०७९ साल जेठ ३ […]

राष्ट्रपतिबाट जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान

वैशाख २५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  आगामी जेठ ३ गते मंगलवारका लागि सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मंगलवार अपराह्न ४ बजेका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले आगामी जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आइतवार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रत्येक वर्षको जेठ १४ गते नयाँ बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि संसदमा बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । यसैवीच आइतवार राष्ट्रपतिले दुई ओटा अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिले औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो ।

संघीय संसदको चालु अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन अन्त्य

संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।

संसद अधिवेशन अन्त्यसँगै प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताव अलपत्र

काठमाडौँ – सरकारले मंगलबार रातिदेखि संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव रोकिएको छ। बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा महाअभियोगमाथि छलफल गर्ने र सिफारिस समितिमा पठाउने तयारी भए पनि सरकारले अधिवेशन अन्त्य गरेसँगै छलफल रोकिएको छ। फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत […]

संसद अधिवेशन अन्त्य

काठमाडौँ – सरकारले संघीय संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राति १२ बजेदेखि संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। संसदको जारी अधिवेशन मंसिर २८ गते आह्वान भएको थियो। यो अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको […]