हिन्दु नेपालीको दोस्रो ठुलो चाड तिहारको अवसरमा डेनमार्कमा रहेका नेपाली समूदायले आपसमा देउसी भैलो खेलेका छन् । ‘क्रियटिभ नेप्लिज ओमन डेनमार्क’ को आयोजनामा कात्तिक ८ र ९ गते देउसी भैलो कार्यक्रम गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य विदेशमा रहेर पनि आफ्नो चाडपर्व, रीतिरिवाज प्रवर्द्धन गर्नुको साथै डेनमार्कमा हुर्किँदै गरेका सन्ततीहरूलाई नेपाली कला संस्कृतिको जानकारी दिनु रहेको संस्थाकी अध्यक्ष सरु पाण्डेले जानकारी दिइन् । संस्थाले नेपाली दूतावास, &nbs