फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सहज जित निकालेको छ । बुधबार बिहान भएको खेलमा ब्राजिलले बोलोभियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । बोलोभियाको मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लीसनले दुई तथा लुकास पाक्वेटा र ब्रुनो गुइमारेसले एक–एक गोल गरे । खेलको २४औं मिनेटमा लुकास पाक्वेटाको गोलबाट ब्राजिलले अग्रता बनायो । ४५औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । ६६औं मिनेटमा लुकास पाक्वेटाको पासमा गुइमारेसले गोल गर्दा ब्र