कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन

काठमाडाैं ।  कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ । चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । नेकपा एमालेका नेता चौलागाईको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो । एमालेका लोकप्रिय नेता चौलागाईँ गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित […] The post कोरोना संक्रमणबाट एमाले नेता पशुपति चौलागाईंको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले नेता नेम्वाङको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं, १३ फागुन । अस्वस्थ भएर मेडिसिटी अस्पतालमा उपचाररत एमाले नेता वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा सुधार भैरहेको छ । एमाले नेता शेरधन राईले आज अस्पताल पुगेर नेम्वाङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले नेम्वाङसँगको तस्विर सेयर गर्दै फेशबुकमा लेखेका छन्–‘नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा प्रतिनिधीसभाका सदस्य पुर्ब मन्त्री माननीय वसन्त कुमार नेम्वाङको स्वास्थ्यमा क्रमिक […]

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला

एमाले नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेका बास्कोटाको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।  घरको पर्खालमा शंकास्पद...

काठमाडौं-५ का एमाले नेता श्रेष्ठ कांग्रेस प्रवेश

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ का एमाले नेता प्रकाश श्रेष्ठ कांग्रेसमा प्रवेश गरेका छन्। श्रेष्ठलाई कांग्रेसका युवा नेता तथा काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन्।  कांग्रेस प्रवेश गरेका श्रेष्ठले...

एमाले नेता पाण्डेलाई मातृशोक

काठमाडौं, असोज १३ । नेकपा (एमाले) नेता सुरेन्द्र पाण्डे र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई मातृशोक परेको छ । उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको आज बिहान निधन भएको हो । सुरेन्द्रले सामाजिक सञ्जालमा जनाए अनुसार उनका कान्छा भाइ दीपेन्द्रले बिहान ४ः१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए । चितवनमा रहेका […]

एमाले नेता थापाको निधन

पाल्पाका पूर्व सांसद भद्रबहादुर थापा मगरको निधन भएको छ । पाल्पा क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता ७० वर्षीय थापाको आज बिहान निधन भएको हो ।  २०५६ सालको आम चुनावमा पाल्पा क्षेत्र नम्बर १ बाट  प्रतिनिधि सभा सदस्यमा निर्वाचित थापाको रामपुर नगरपालिका-१० मा रहेको आफ्नै निवासमा निधन भएको हो । थापा केही वर्षअघिदेखि मुटुको रोगबाट ग्रसित थिए । २०६४ सालमा अन्तरिम विधायिका सदस्य रहेका थापा पछिल्लो समय नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्यसमेत रहेका थिए । उनका श्रीमती,

एमाले नेता भीम आचार्यलाई कोरोना पोजेटिभ

काठमाडौं- नेकपा एमाले नेता भीम आचार्यलाई कोरोना संक्रमण भएको छ । ज्वरो आएपछि चेकजाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । आचार्यलाई कोरोना देखेपछि पूर्वका प्रतिनिधि, उम्मेदवार चिन्तित बनेका छन् । महाधिवेशनका बेला खटिनुपर्नेमा बिरामी परेपछि महाधिवेशन प्रतिनिधि चिन्तित बनेका हुन् ।

नुवाकोटमा एमाले नेता माओवादी प्रवेश

नुवाकोटका एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले जिल्ला कमिटी सदस्य समेत रहेका नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रीय महासचिव अमृत गजमेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनले आफू एमाले प्रवेश गरेर माओवादी केन्द्रमा समाहित भएको गजमेरले जानकारी दिए । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रजमान तामाङ र किरण रिजालको रोहबरमा पार्टी प्रवेश गरेका उनले सम्पूर्ण उत्पीडन वर्गको रक्षा गर्ने एक मात्र पार्टी माओवादी भएको बताए ।

एमाले नेता बादल पत्रकार सम्मेलन

नेपाल कम्युुनिष्ट पार्टी (एमाले)को शुक्रबारबाट ललितपुरमा हुन गईरहेको प्रथम विधान महाधिवेशनबारे जानकारी दिन  बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुुर थापा 'बादल'  । तस्वीर रासस

रहेनन् एमाले नेता पशुपति चौलागाईं

एमाले नेता पशुपति चौलागाइँको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।  संक्रमण पुष्टि भएसँगै मनमोहन अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनको निधन भएको हो ।  यसैगरी पर्यटन मन्त्री भानुभक्त ढकालले उनको निधन भएको बताउँदै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।  उनी दोलखाबाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।  पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै गर्दा उनी माधव नेपाल पक्षतिर लागेका थिए ।