निषेधाज्ञाका कारण रोकियो बलेवा विमानस्थल र बसपार्क कालोपत्रको काम

जेठ १०, बागलुङ । निर्माणको अन्तिम चरणमा पुगेका बागलुङका दुई ठूला आयोजनाको काम प्रभावित बनेको छ । पूर्वाधार निर्माण सम्पन्न भई कालोपत्रको मात्रै काम रहेको बलेवा विमानस्थल र बागलुङ बसपार्कको कालोपत्र गर्ने काम रोकिएको छ । जिल्लामा अन्य निर्माण कार्य निर्वाधरूपमा भइरहे पनि दुई आयोजना निषेधाज्ञा भन्दै रोकिएका छन् । वैशाखमै कालोपत्र गर्ने भनिएको बलेवा विमानस्थलको धावनमार्ग र आधुनिक बागलुङ बसपार्कको काम अहिले रोकिएको निर्माण व्यवसायीले बताएका छन् । दुवै आयोजना अक्पार्ड प्रविधिबाट कालोपत्र गरिने भए पनि प्लान्ट नपाउँदा कालोपेत्रमा समस्या भएको निर्माण कम्पनीको दाबी छ । जिल्लामा निर्माण कार्य स्वास्थ्य मापदण्ड पूरा गरेर गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिले निर्देशन दिएको छ तर निर्माण सामाग्री समयमा नपाइएको तथा अन्य आवश्यक उपकरण र सामग्री निषेधाज्ञाका कारण मुल्य वृद्धि भएकाले दुई ठूला आयोजनाको काम अन्तिम अवस्थामा आएर रोकिएका हुन् । जिल्लाको भविष्यसँग जोडिएका बलेवा विमानस्थल तथा बागलुङ बसपार्क अन्तिम चरणमा पुगेर रोकिनु दुःखद् भएको स्थानीयवासी बताउँछन् । प्लान्ट जडानमा ढिलाइ हुँदा समयमै कालोपत्रे गर्न नसकिएको विमानस्थल कालोपत्रको जिम्मा पाएको काष्ठमाण्डप निर्माण सेवाका प्रतिनिधि बासु थापाले बताए । म्याग्दी जाने सडक छेउमा अक्पार्ड प्रविधिको कालोपत्र गर्ने सामग्री उत्पादनको प्लान्ट निर्माण भइरहेकाले केही ढिलाइ भएको थापाको भनाइ छ । प्लान्ट निर्माण हुनासाथ १० दिनमै विमानस्थलको धावनमार्ग कालोपत्रे सकिने थापाको दाबी छ ।  यता प्लान्टकै कारण नगरपालिकाको अगुवाइमा निर्माण थालिएको बागलुङ बसपार्क सञ्चालनमा ढिलाइ भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । निषेधाज्ञा बहाना मात्रै भएको र काम गर्नेलाई समस्या नभएको नगर प्रमुख पौडेलको भनाइ छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले विमानस्थल पुनर्निर्माणको काम द्रुत गतिमा भएको जानकारी दिएको छ । यद्यपि यही जेठ मसान्तभित्र निर्माण सक्ने तयारी भए पनि निर्माण सम्पन्न हुनमा केही आशंका जन्मेको छ ।  विसं २०१६ देखि २०१८ सम्म लगाएर स्थानीयवासीले बनाएको ८०० मिटर लामो यो विमानस्थलमा २०४९ सम्म नियमित जहाज चल्दै आएका थिए । विसं २०४८ मा पोखरा–बागलुङ सडक खुलेपछि विमानस्थल बन्द भएको थियो ।  बसपार्क निर्माणका लागि बागलुङ–४ उपल्लाचौरमा १८ वर्षअघि बागलुङ बजारबासीले उपल्लाचौरको दाबगरामा व्यक्तिगत जग्गा निःशुल्क नगरपालिकालाई उपलब्ध गराएका थिए । यतिका वर्षपछि बसपार्क निर्माणले अन्तिम रूप लिएको भए पनि निषेधाज्ञाले कालोपत्र गर्न नसकिएको निर्माण व्यवसायीले बताएको छ । लामो समय सरकारी उदासीनताका कारण अलपत्र परेको बसपार्क निर्माण जनप्रतिनिधि आएपछि २०७५ सालमा नगरपालिकाको पहलपछि गति लिएको थियो ।  ठेक्का स्वीकृत भएको दुई वर्षपछि बसपार्क निर्माण अन्तिम चरणमा पुगेको भए पनि कालोपत्रे हुन नसकेको हो । बागलुङमा व्यवस्थित बसपार्क बनाउन २०५९ सालमै स्थानीयवासीले करोडौँ मूल्य पर्ने जग्गा निःशुल्क दिएका थिए ।   विसं २०७६ कात्तिक २६ गते एक वर्षमा सक्ने गरी रू. आठ करोड ७० लाखमा ठेक्का सम्झौता भएको बसपार्क समयमै नसकिँदा दुई पटक छ/छ महीना म्याद थपिएको हो । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । बसपार्कको ८५ प्रतिशत भौतिक प्रगति र ७० प्रतिशत वित्तीय प्रगति भएको छ ।  कोरोनाका कारण निर्माणमा केही ढिलाइ भए पनि फागुनभित्रै बसपार्क नगरपालिकालाई हस्तान्तरण गर्ने गरी बाँकी कामलाई तिव्रता दिइएको भए पनि पुनः निषेधाज्ञाले समस्या भएको बसपार्क निर्माणको जिम्मा लिएको आशिष फेवा जेभीले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

बलेवा विमानस्थल सञ्चालनको माग

बन्द अवस्थामा रहेको बागलुङको बलेवा विमानस्थल सञ्चालन गर्न माग गरिएको छ । आइतबारको गण्डकी प्रदेशसभा बैठकमा समेत सो विषयले प्रवेश पायो । प्रदेशसभा सदस्य कृष्णप्रसाद पाठकले विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो, “मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।” …

बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौँ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर

भोट माग्ने भाँडो बन्दै बलेवा विमानस्थल

बागलुङ, कात्तिक १ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाडौं र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् । एकतीस वर्षयता यहाँ […]

‘बलेवा विमानस्थल सञ्चालनको विकल्प छैन’

बागलुङ : बागलुङको बलेवा विमानस्थल सञ्चालनका लागि कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको तीन महिना पुरान हुन लाग्दा पनि सञ्चालन सम्बन्धी केही निष्कर्ष निस्किन सकेको छैन। आइतबार विमानस्थल सञ्चालनका लागि विज्ञ टोलीसँग सरोकारवालाको छलफल भएको छ। छलफलमा बोल्ने अधिकांश वक्ताले बलेवा विमानस्थललाई कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।उनीहरुले विमानस्थललाई अरु कुनै विकल्पमा राख्न नहुने भन्दै विमान सञ्चालनका लागि वातावरण तयार गरिनु पर्ने बताएका थिए। विमानस्थल सञ्चालनका विषयमा सुझाव संक

बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याइने

काठमाडौँ,१६ जेठ । बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ । बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । अर्थमन्त्री जनार्दश शर्माले आइतबार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताएका छन् । ग्रामीण […]

बागलुङको बलेवा विमानस्थल स्तरोन्नति गरी सञ्चालनमा ल्याइने

बागलुङ : सरकारले बागलुङको बलेवा विमानस्थललाई प्राथमिकतामा राखेको छ। विमानस्थललाई स्तरोन्नति गरी संचालन गर्ने सरकारकाे बजेटमा समावेश गरिएकाे छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताए। सरकारले ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द रहेका विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने घोषणा गरे अनुरुप बलेवा विमानस्थल स्तरोन्नतिसहित सञ्चा

विमान कुर्दै बलेवा विमानस्थल

बागलुङ : लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरिएको छ।धावनमार्ग कालोपत्रे भएपछि बलेवावासीमा नियमित रुपमा जहाज उडान हुने आशा पलाएको छ। २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा ल्याएकाे थियो।नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान गरे पनि नियमित संचालनमा आउन सकेन। धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि अहिले विमानस्थल कालोपत्रे गरिएको हो।धावन मार्गमा बर्षातको समय हि

कालोपत्रमै अल्झियो बलेवा विमानस्थल

गलकोट, १८ माघ: बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन नसकेको छैन । २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ । गत असारमै कालोपत्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुई पटक म्याद थप्दा समेत अझै सम्पन्न भएको छैन । विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० […]

कछुवागतिमा बलेवा विमानस्थल

– खेमराज गौतम गलकोट, १३ भदौ: निर्माण व्यवसायीले सरसरर्ती निर्माणको काम गरेको भए यतिबेला बागलुङको बलेवा विमानस्थल जहाज उड्नसक्ने हुन्थ्यो । निर्माण व्यवसायीको ढिलासुस्ती, कोरोना र वर्षाका कारण बलेवा विमानस्थलको दुई पटक म्याद सकिँदासमेत काम सम्पन्न हुनसकेको छैन । धावनमार्गको कालोपत्रको जिम्मा लिएका निर्माण व्यवसायीले कोरोना र वर्षाका कारण समयमै काम सक्न समस्या भएको जनाउँदै […]

बलेवा विमानस्थल कालोपत्रको काम अलपत्र

पर्वत सदरमुकामनजिकै रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको काम लामो समयको निषेधाज्ञाका कारण अलपत्र परेको छ ।आगामी असारभित्र काम सकेर हस्तान्तरण गर्ने बलेवा विमानस्थल निर्माण योजना निषेधाज्ञाले प्रभावित बनेको हो । विगत डेढ महिनादेखिको निषेधाज्ञाले काम अलपत्र बनेको निर्माण व्यावसायीले बताएका छन् । निर्माण व्यावसायीका अनुसार बन्दाबन्दीकै कारण तोकिएको समयमा काम भ्याउन नसकिने भएको छ । […]