काठमाण्डाै – प्रतिनिधि सभाकाे बैठक भदाै २९ गते मङ्गलवारसम्मका लागि स्थगित भएकाे छ । एमाले सांसदले नाराबाजी गरेपछि सभामुख अग्नि सापकाेटाले संसद् बैठक आउँदाे मङ्गलवार दिउँसाे १ बजेसम्मका लागि स्थगित गर्नुभएकाे हाे ।
यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।