काठमाडौँ। नेपाली काँग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुन:स्थापनालाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। पार्टी प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गरी बदलिएको समय, रुपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित काँग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा अघि बढिरहेको बताएका हुन्। उनले राष्ट्र […]
निर्वाचन प्रक्रिया सुरु भएसँगै लागू गरिएको निर्वाचन आचारसंहिताले राज्यका विभिन्न निकायका महत्वपूर्ण निर्णयहरू स्थगित गराएको छ । नियुक्ति, नीतिगत स्वीकृति र संस्थागत पुनर्संरचनासँग सम्बन्धित दर्जनौँ प्रस्तावहरू अहिले निर्णयको पर्खाइमा छन् । तर आचारसंहिता कहिलेसम्म प्रभावमा रहन्छ भन्ने विषयमा सरोकारवालाबीच पर्याप्त स्पष्टता देखिएको भने छैन । निर्वाचन आचारसंहिता लागू भएयता आर्थिक, उड्डयन तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित […]
महिला एसिया कप राइजिङ स्टार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। थाइल्यान्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए टोलीसँग ३० रनको पराजय भोगेको हो।