अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा आतंकवादी संगठनको खतरा घट्यो तर जोखिम कायमै

नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटेको तर जोखिम भने अझै कायम रहेको बिहीवार सार्वजनिक गरिएको एक अमेरिकी आधिकारिक प्रतिवेदनले औंल्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालै सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको औंल्याइएको हो । त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सीमा भएको र मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणका रूपमा उल्लेख गरेको छ । सन् २०१८ क...

सम्बन्धित सामग्री

डेङ्गु सङ्क्रमण दर ५० प्रतिशतले घट्यो, जोखिम कायमै

काठमाडौं । अघिल्लो महिनाको तुलनामा नेपालमा डेङ्गु सङ्क्रमणको दर ५० प्रतिशतले घटेको छ । असोजको दोस्रो सातासम्म २७ हजारमा डेङ्गु सङ्क्रमण पुष्टि भएकोमा कात्तिक महिनामा भने दोस्रो सातासम्ममा १३ हजारमा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ । चिसो मौसमको शुरू भएसँगै नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या कम भएको छ । तर, सङ्क्रमणको जोखिम भने […] The post डेङ्गु सङ्क्रमण दर ५० प्रतिशतले घट्यो, जोखिम कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घट्यो कोरोना संक्रमण तर जोखिम कायमै

कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्न सकिन्छ। तर नेपालमा अझै पनि कोरोना संक्रमणदर १३ प्रतिशत छ। हुन त कुनै बेला ५० प्रतिशत (माघ ८ गते) सम्म पुगेको कोरोना संक्रमणदर अहिले १३ प्रतिशतमा झरेको छ।

घट्यो संक्रमणदर

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो

सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण दर घटेको देखिए पनि स्वास्थ्यकर्मी भने पछिल्लो समय कोरोनाको जोखिम झनै उच्च रहेको बताउँछन् । ‘अहिले घरघरमै कोरोन जस्तै लक्षण भएका बिरामी देखिन्छन्,’ सुदूपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदिश […]

अमेरिकी प्रतिवेदन भन्छ : नेपालमा आतंकवादी संगठनको खतरा घट्यो तर जोखिम कायमै

काठमाडौं । नेपालमा अन्तरराष्ट्रिय आतंकवादी संगठनको खतरा घटेको तर जोखिम भने अझै कायम रहेको बिहीवार सार्वजनिक गरिएको एक अमेरिकी आधिकारिक प्रतिवेदनले औंल्याएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले हालै सार्वजनिक गरेको आतंकवादसम्बन्धी नयाँ प्रतिवेदनमा नेपाल अन्तरराष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्न सक्ने जोखिम कायमै रहेको औंल्याइएको हो । त्यस्तो जोखिम हुनुमा भारतसँग खुला सीमा भएको र मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षा मापदण्ड र व्यवस्था अपर्याप्त हुनुलाई अमेरिकाले कारणका रूपमा उल्लेख गरेको छ । सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिका रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ । सन् २०१५ देखि २०१८ सम्मको प्रतिवेदनमा अमेरिकाले इन्डियन मुजाहिद्दिनले नेपालसम्म क्षेत्र विस्तार गरेको र नेपाल यो संगठनको हब रहेको बताएको थियो । तर, यसपटक भारतसँगको खुला सीमालाई सुरक्षा जोखिमको रूपमा चित्रित गरिएको छ । अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको ब्यूरो अफ काउन्टर टेररिज्मले यस्तो प्रतिवेदन निकालेको हो । सन् २०२० मा नेपालमा अमेरिकाविरोधी कुनै आतंकवादी गतिविधि नभएको प्रतिवेदनमा उल्लेख छ । नेत्रविक्रम चन्दसमूह हिंसा त्यागेर शान्ति प्रक्रियामा आइसकेको उल्लेख गर्दै अमेरिकाले चन्द समूहले सन् २०२० मा गरेका हिंसात्मक गतिविधि जारी राखेको जानकारी दिएको छ । अघिल्लो प्रतिवेदनमा पूर्वआतंकवादी भनेको अमेरिकाले यसपटक भने पूर्वहिंसात्मक अतिवादी भनेर चन्दसमूहलाई सम्बोधन गरेको छ । आतंकवादलाई लिएर नेपालको आफ्नै खाले परिभाषा नरहेको भन्दै अमेरिकाले प्रतिवेदनमा मध्यपूर्वमा देखिएको आतंकवादी गतिविधिको असर नेपालमा समेत पर्न सक्ने जोखिम औंल्याएको छ । नेपालमा २०६० पछि दर्जनौं अन्तरराष्ट्रिय आतंकवादी संगठनका सदस्यदेखि मुख्य व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीले गोप्य राख्दै आएका त्यस्ता घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध नेपालको प्रचलित कानूनबमोजिम कारबाही भएको छ । धेरैलाई नेपालले गोप्य रूपमा सम्बद्ध देशको जिम्मा लगाउने गरेको प्रहरी उच्च स्रोत बताउँछ । केही वर्षअघि मात्र आतंकवादी समूह लस्कर–ए–तोयबाका सदस्य नेपाल आएका थिए । उनले काठमाडौं, नेपालगञ्ज, रूपन्देही र कपिलवस्तुमा केही महीना बिताए । ती सदस्यले कपिलवस्तुबाट नागरिकता लिएको खुलेको थियो । नेपाल आगमनबारे जानकार नेपाल प्रहरीले उनका गतिविधि निगरानीमा राखेर सम्पर्क–सूत्र पत्ता लगाएको थियो । उनलाई पक्राउ गरी सरकारी छाप दस्तखत किर्तेमा कारबाहीसमेत गरिएको प्रहरी उच्च स्रोत बताउँछ । कारबाही किनारा लागेर सजाय भुक्तानपछि उनलाई गोप्य रूपमा सम्बद्ध देशको जिम्मा लगाइएको थियो । प्रहरीका अनुसार उनी दक्षिण एशियामा संगठन विस्तारका लागि नेपाल आएका थिए । प्रहरीले उनको साथबाट केही रकम र अन्य कागजपत्र बरामद गरेको थियो ।

संक्रमणदर घट्यो भनेर हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’शुक्रराज ट्रपिकल तथा सरुवा रोग

सिन्धुपाल्चोकको ब्रम्हायणी नदीको बहाव घट्यो, तर जोखिम कायमै

सिन्धुपाल्चोक/काठमाडौं : सिन्धुपाल्चोक जिल्लाको ब्रम्हायणी नदीको बहाव घटेको छ। अविरल वर्षासँगै जुगल गाउँपालिका भएर बग्ने नदीको बहाव मंगलबारदेखि बढेको बहाव केही बुधबार बिहानबाट केही कम भएको हो।नदीको बहाव हालसम्मकै उच्च रहेकाले सबै विवरण आइनसकेको जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जना तामाङले बताइन्। उनका अनुसार जुगल ३ को तेम्बाथानको निमाडोलको भिर खसेर नेसमखोला पुल पुरेको छ।उपाध्यक्ष तामाङका अनुसार पहिरोले तेम्बाथान, तेगा, दिपुका बस्तीसँगको पैदलमार्गको सम्पर्कसमेत टुटेको बताइन्।उनले भनिन्, ‘नदी

एक तिहाइले घट्यो संक्रमित संख्या

३० जेठ, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण क्रमशः मत्थर र हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । मन्त्रालयका अनुसार आइतबार देशभरमा २,४०७ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्ता अर्थात जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण […]

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

काठमाडौँ / कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । पशुपति मूल... The post महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या appeared first on Purbeli News.

घट्यो कोरोना, जोखिम कायमै (फोटोफिचर)

केहि समययता कोरोना संक्रमितको संख्या घटेको छ । तर, संक्रमित घटे पनि जोखिम भने कायमै रहेको विज्ञको ठहर छ । ललितपुरको कुपण्डोलस्थित विध ल्याबको ‘एक्सटेन्सन रुम’मा पुग्दा ल्याब टेक्निसियनहरु स्वाबबाट...