रोकिएन खोलाको अनधिकृत दोहन

सल्यान : जिल्लामा पक्की भवन, सिँचाइ कुलो, सडक, पुललगायत विकासका भौतिक संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।धेरै वर्ष लगाएर पूरा हुन नसकेका योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन् तर विकासको नाममा भने नदी खोलानाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ। विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुंगा उत्खननले जिल्लाका नदी तथा खोलानाला सुक्खा बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ।जिल्लाको शारदा, बबई, बनगाड‚ मर्मलगायत जिल्लाका अधिकांश खोलामा उत्खनन हुँदा बस

सम्बन्धित सामग्री

अवैध काम रोक्न खोज्दा वैध काममा बाधा

मुलुकको दीर्घकालीन हित र विकासका लागि प्राकृतिक स्रोत साधनहरुको उचित र योजनाबद्ध उपयोग हुनुपर्दछ । पहुँच, प्रभाव र शक्तिको आडमा प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन गरे यसले केही व्यक्तिलाई क्षणिक लाभ त हुन्छ, तर सिंगो मुलुकले विनाश भोग्नु पर्दछ । अथाह प्राकृतिक स्रोत भएर पनि समुचित, योजनाबद्ध र आवश्यकता अनुसारको उपयोग हुन नसक्दा नेपाल आर्थिक …

जनप्रतिनिधिको अवैध क्रसरमा प्रशासनको ताला

बारा । स्थानीय सरकारको पटक पटकको अवरोधका कारण अनुगमन हुन नसकेको अनधिकृत क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई जिल्ला प्रशासन बाराले कारवाही थालेको छ । अवैध क्रसर उद्योग बन्द गर्न र प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गृह मन्त्रालयले निर्देशन गरेसँगै सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा गठित उपसमितिले अवैध क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई […]

चुरेमा रोकिएन अनधिकृत उत्खनन

वातावरणीय दृष्टिकोणले उत्खनन गर्नै नमिल्ने झापाको सुदूरपूर्वी चुरे क्षेत्रमा दोहोरो उत्खनन भइरहेको पाइएको छ । यो चुरे क्षेत्रमा नेपाल र भारत दुवै देशले चरम दोहन गरिरहेका हुन् । वर्षौंदेखि ढुंगा, गिट्टी र बालुवा उत्खनन जारी रहँदा सम्बद्ध निकाय भने मौन छ ।

कालीगण्डकीमा रोकिएन दोहन

पर्वत । अदालतको आदेश, स्थानीय प्रशासन र स्थानीय तहले प्रतिबन्ध लगाए पनि कालीगण्डकी नदीमा दोहन रोकिएको छैन । पर्वतको जलजला गाउँपालिकास्थित बगरफाँटदेखि बिहादी गाउँपालिका–६ शालिग्रामसम्मको कालीगण्डकी तटीय क्षेत्रमा दोहन भइरहेको हो । सरोकारवालाले अनियन्त्रित रूपमा कालीमा दोहन भइरहेकाले रोक्न माग गर्दै आएका छन् । सर्वोच्च अदालतले असार २९ मा गण्डकी प्रदेशका स्थानीय तह तथा सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत उत्प्रेषणको आदेश जारी गर्दै कालीगण्डकी नदीको कुनै पनि स्रोत उत्खनन नगर्न आदेश जारी गरेको थियो । अधिवक्ता प्रकाशमणि शर्माले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले यस्तो आदेश दिएको थियो । सर्वोच्चको आदेश पर्वतका स्थानीय तहले पालना गरेका छैनन् भने स्थानीय प्रशासनले पनि दोहन रोक्न ठोस कडाइ गर्न सकेका छैनन् । जिल्लाको फलेवास नगरपालिकाले अदालतको आदेश विपरीत नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का लगाएको छ । जलजलाले खुलाएको ठेक्का रोकेको छ । कुश्मा नगरपालिकाले असारमै ठेक्का लगाउने तयारी बीचमै रोकेको थियो । निर्माण सामग्री उत्खननको ठेक्का रोकेको जलजला पालिकाले नदीजन्य पदार्थ अवैध उत्खनन गर्नेमाथि कारबाही थालेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार अवैध रूपमा संकलित गिटी, बालुवालगायत नदीजन्य पदार्थमा गरिएको जरिवानाबाट १ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ । अदालतको आदेशविपरीत उत्खनन गर्नेलाई प्रहरी र प्रशासनले कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै स्थानीय तहले विरोध गर्दै आएका छन् । जलजलाका अध्यक्ष यामबहादुर मल्लले पालिकाको कार्यक्षेत्रभित्र कडाइ गरे पनि अन्य स्थानमा अनधिकृत रूपमा दोहन हुँदा प्रशासन र प्रहरीले चासो नदिएको बताए । जलजलाको वारिबेनी, मोहनचोक, लस्ती, मिलनचोक, खनियाघाट, सारमारे, मालढुंगा, कुश्मा नगरपालिकाको नयाँपुल, साउनेबगर, मोदीबेनी, फलेवासको ज्यामिरेघाट, पाङराङलगायत स्थानमा अत्यधिक दोहन हुने गरेको छ । कालीगण्डकीमा रातीको समय दोहन हुने गरेको तटीय क्षेत्रका बासिन्दाले गुनासो गर्दै आएका छन् । प्रहरीले रातीको समय  गस्ती गर्दै आएको जनाएको छ । प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले दैनिक नदी किनारबाट व्यवसायीका साधन नियन्त्रणमा लिने काम भइरहेको दाबी गरे । कालीगण्डकी नदीमा दोहन हुँदा बहाव परिवर्तनको खतरा बढेको छ । यस वर्ष ठूलो वर्षासँगै तटीय क्षेत्रमा कटान र डुबानको समस्या देखिएको थियो । अधिक दोहनका कारण नदीको स्वरूप परिवर्तन हुने र सौन्दर्यमा ह्रास हुने खतरा बढेपछि कालीगण्डकी बचाउ अभियानसमेत सुरु भएको छ । कुश्माका आरके गिरीको नेतृत्वमा कालीगण्डकी बचाउ अभियान सञ्चालन गरिएको हो । राष्ट्रिय गौरवको योजना बनाएर नदी संरक्षण गर्नुपर्ने र कालीगण्डकीको महत्वबारे राष्ट्रिय अवधारणा बन्नुपर्ने गिरीले बताए । पर्यावरणीय, वातावरणीय, धार्मिक एवं सांस्कृतिक महत्वको कालीगण्डकीको संरक्षणमा सरोकारवालाको चासो बढ्दै गएको छ ।

नदी दोहनमा प्रयोग भएका डोजर र ट्र्याक्टर नियन्त्रणमा

म्याग्दी । कालीगण्डकीबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन गर्ने डोजर र ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । कालीगण्डकीको स्थलगत अनुगमन गर्ने क्रममा बुधवार म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको नदी किनारबाट एक्स्क्याभेटर र ट्र्याक्टर नियन्त्रणमा लिइएको हो । अनुगमनका क्रममा अवैध रूपमा नदी दोहनको काममा प्रयोग भएको एउटा एक्स्क्याभेटर र ध १ त ५८० नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । कालीगण्डकी नदी दोहन गरेको र अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गरेको पाइएकाले एक्स्क्याभेटर र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए । कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा पर्यावरणीय महŒव भएकाले स्थानान्तरण गर्ने, रिजभ्र्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थ निकाल्ने, शालग्रामको चोरी, निकासी तथा पर्यावरण प्रतिकूल हुनेगरी कार्य नगर्नू÷नगराउनू भनी सर्वोच्च अदालतबाट उत्प्रेषण आदेश जारी भएको छ । यस्तो अवस्थामा आउँदा दिनमा निगरानी बढाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी, निकासी नियन्त्रण गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।

चुरेमा प्रहारको पुनरावृत्ति

विकिपिडियाका अनुसार करीब ४ करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थ्रेगर थुप्रिएर चुरेक्षेत्र निर्माण भएको हो । कमलो ढुंगामाटोले बनेको यो क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्तै संवेदलशील मानिन्छ । चुरेको फेदीमा ढुंगा, गिट्टी, बालुवाको भावर क्षेत्र छ । यही क्षेत्र भूमिगत जल र तराईको सिँचाइको प्रमुख स्रोत पनि हो । भूमिगत पानीको ५० प्रतिशत स्रोत र खाद्यान्नको भण्डार मानिएको तराईमा सिँचाइको आधार मानिएको यही चुरे–भावर क्षेत्रलाई मास्ने बदनियत भने बारम्बार पुनरावृत्ति भइराखेको छ । सरकार ढुंगा गिट्टी बेच्ने विवादित कामका पछाडि एकोहोरिएको छ । सरकारले साँच्चै नै यसलाई व्यापारघाटा न्यूनीकरणको उपाय देखेको हो भने त्यो अल्प बुझाइबाहेक केही होइन । सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा खानीजन्य ढुंगा, गिट्टी र बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरणको नीतिगत व्यवस्था यही प्रवृत्तिको उपज हो । सरकारले पुनः चुरे भावर क्षेत्रको अराजक दोहनको तारतम्य मिलाउन लागेको त होइन भन्ने आशंका स्वाभाविक छ । तराई–मधेशमा बसोवास गर्ने नेपालको आधा जनसंख्याको भविष्यसित सीधा सरोकार राख्ने यो विषयमा प्रकट भइराखेको चिन्ता पनि अस्वाभाविक होइन । करीब १ दशकसम्म भएको चुरे–भावर क्षेत्रको बेप्रवाह उत्खनन रोक्न निकासीमा प्रतिबन्ध नै लगाउनु परेको थियो । निकासी रोकिएको ७ वर्षपछि सरकारले निकासी खोल्ने नीतिगत चाँजोपाँजो मिलाएपछि यतिखेर आशंकासँगै आलोचना उत्कर्षमा छ । वातावरण संरक्षण क्षेत्रका अभियन्तादेखि राजनीतिक तहसमेत यो व्यवस्थाको विरोधमा उत्रिएका छन् । अर्थ मन्त्रालयले वक्तव्य नै निकालेर बजेटले चुरे–भावर क्षेत्रको दोहनका लागि नभएर खानी तथा भूगर्भ विभागले पहिचान गरेका चुरे–भावर क्षेत्रबाहेकका क्षेत्रमा उत्खनन गरिने स्पष्टीकरण दिइसकेको छ । उत्खनन्को विगत प्रवृत्ति र सरकारले उपयुक्त भनेका अन्य क्षेत्रमा पूर्वाधारको अवस्था हेर्दा अन्ततः चुरेक्षेत्रकै क्षय हुने अवस्था बलियो देखिएको छ । हुन त सरकारको स्पष्टीकरणलाई पत्याउने हो र सरकारले पूर्वाधार विस्तारमा काम गर्ने हो भने सम्भाव्यता पहिचान गरिएका मध्यपहाडी क्षेत्रका दर्जनभन्दा बढी स्थानबाट उत्खनन् गर्न नसकिने होइन । बजेट वक्तव्यको १९९ नम्बर बुँदामै ‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनको लागि उद्योगदेखि निकासी बिन्दुसम्म रज्जुमार्ग निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छूट दिने व्यवस्था मिलाइएको’ उल्लेख छ । यो व्यवस्थाले मध्यपहाडी क्षेत्रबाटै निकासीको नीतिगत व्यवस्था हो कि भन्ने पनि लाग्छ । बजेटको आशय यस्तो ढुवानीमार्ग निर्माणका लागि निजीक्षेत्र वा व्यवसायीलाई नै ताकिएको हो भने सम्भव नहुन सक्छ । चुरेक्षेत्रबाट ढुंगा गिट्टी ट्रकमा हालेर भारत पु¥याउन पल्किएका व्यवसायी यतातिर आकर्षित हुने आश गर्न सकिँदैन । प्रकारान्तरले यो सम्भव भएछ भने पनि तत्काल हुने होइन, समय लाग्नेछ । त्यतिबेलासम्म यस्ता व्यवसायीको निशानामा पर्ने भनेको चुरे क्षेत्र नै हो । बनिबनाउ पूर्वाधारमा सजिलै तरीकाले मनग्गे कमाउन छोडेर बाटोघाटो, बिजुली, सञ्चारजस्ता आधारभूत पूर्वाधारै नभएका ठाउँमा खानी खोतल्नु व्यावसायीका लागि रुचिकर विषय हुँनै सक्दैन । अहिले नदीजन्य निर्माण सामग्री निकासीको मुख्य गन्तव्य भारत हो । भारतसित भौगोलिक रूपमा निकट र सहज पूर्वाधारले व्यावसायी आँखा चुरे भावर क्षेत्रमै लाग्नेछ । यसमा द्विविधा आवश्यक छैन । क्रशर उद्योगीले यसअघि नै ३० स्थानका वनक्षेत्रमा खानी चलाउन दबाब र प्रभाव पार्दै आएका समाचारहरू सञ्चारमाध्यममा आएका थिए । अहिले निकासी रोकिएको अवस्थामा त तराईका खोलानालाबाट अवैध निकासी भइराखेको छ भने सरकारले चुरे–भावरलाई नछुने भनेछ भने पनि निकासी खुल्नेबित्तिकै यो क्षेत्रको अनधिकृत दोहन रोकिने छैन । सरकारले यसअघि क्रशर उद्योगलाई तोकेको मापदण्ड कार्यान्वयनमा व्यावसायीको अटेरी र सरकारको लाचारी पुरानो भइसकेको छैन । यसको दीर्घकालीन असर अहिले अनुमानमात्रै गर्न सकिन्छ । चुरे–भावर क्षेत्रको करीब १ दशकको दोहनले नै गम्भीर प्रभाव देखाइसकेको छ । तराई–मधेशको दैनिकीले केही वर्षदेखि खेपिराखेको अनावृष्टि, अतिवृष्टि, बाढीको वितण्डा, खेतीयोग्य जमीनको मरुभूमिकरण यसका निकट असरमात्रै हुन सक्छन् । सरकारले एकातिर वातावरणीय प्रभाव मूल्यांकनमा आधारमा चुरे–भावर क्षेत्रबाहेकका क्षेत्रमा उत्खनन् गर्ने भनेर बजेटको नीतिगत व्यवस्थाको बचाउ गरेको छ । बजटेकै १५२ नम्बर बुँदामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत शिवालिक (चुरे) तथा महाभारत क्षेत्रमा २ सय पोखरी निर्माण गरी भूमिगत जल पुनर्भरण र चुरेका १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रण कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । त्यस्तै १५९औं बुँदामा चुरे र तराई–मधेशमा १ करोड ५० लाख वृक्षरोपणको योजना समावेश छ । अर्थात्, सरकारले चुरे विनाश, यसबाट पर्यावरण र जनजीविकामा परेका प्रभावलाई स्वीकार गरेको छ । सरकारले घुमाउरो पाराले त्यही क्षेत्रको असंगत दोहनको बाटो खोल्ने हो भने त्यो आत्मघाती हुनेछ । एकातिर संरक्षणको योजना, अर्कातिर दोहनको तानाबाना हो भने त्यस्तो बदनियतको सशक्त प्रतिवाद हुनुपर्छ । खासमा अहिलेको दृश्य चुरे विनाशको तारतम्यको पुनरावृत्तिमात्रै हो । राणा शासनकालमा भारतलाई रेलवे लिक बनाउन काठको खाँचो थियो । चुरेक्षेत्रबाट सालको काठ ओसार्न बाराको अमलेखगञ्जसम्म रेल विस्तार गरियो । चारकोसे झाडी सखाप भयो । अहिले वीरगञ्ज–पथलैया खण्डमा रेलवेका भग्नावशेषमात्र भेटिन्छन् । त्यसयता सन् १९५० को दशकमा औलो उन्मूलन र तराई क्षेत्रको बस्ती विस्तार विनाशको अर्को अध्याय बन्यो । चुरेक्षेत्र मासेरै बनाइएको पूर्वपश्चिम राजमार्ग र आसपासका बस्ती नेपालको प्राकृतिक सम्पदा विनाशमा दुरुपयोग भए । पहिलो संविधानसभाको चुनावपछि नेपालका विकास निर्माणका कामले गति लिए । त्यति नै बेला भारतका विहार, उत्तरप्रदेश र पश्चिम बंगालमा पनि पूर्वाधार निर्माण आक्रामक रूपमा अघि बढ्यो । यो मौकालाई क्रशर व्यावसायीले कमाउने मौका बनाए । चुरे–भावर क्षेत्रको अस्तित्व नै संकटमा पर्‍यो । सरकारले पटकपटक क्रशर उद्योगका लागि मापदण्ड बनाए पनि ती कहल्यिै पालना भएनन् । सरकार व्यवसायीका अगाडि निरीहजस्तो देखियो । वास्तवमा सरकार निरीह थिएन, राजनीतिक संक्रमणको त्यो समय क्रशरको कमाइमा राजनीतिक साँठगाँठ जोडिएको थियो । राजनीतिक संरक्षणको आडमा भइराखेको प्रकृतिमाथिको प्रहारलाई रोक्न निकासी नै बन्द गर्नु परेको थियो । २०७१ साउनमा बन्द गरिएको निकासी खोलेर सरकारले फेरि चुरे–भावर क्षेत्रमा अराजक दोहनको आधार निर्माण गरिदिएको छ । प्रतिनिधिसभा नभएको मौकामा अध्यादेशमार्फत अचानक बजेटमा छिराइएको यो व्यवस्थालाई राजनीति र क्रशर उद्योगीको मिलेमतो ठान्नेहरूको पनि कमी छैन । तराई नै मरुभूमिकरण हुने गरी भएको चुरे–भावरको दोहन रोक्ने अभिप्रायले विस २०६६ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइयो । पछि राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति बनाइयो । चुरेको अन्धाधुन्ध दोहनबाट कमाउन पल्किएकाहरूले यसको जमेरै विरोध गरे । यतिसम्म कि, क्रशर उद्योगी र स्वार्थ समूहबाट यो समिति खारेजीको माग पनि उठ्यो । चुरेक्षेत्रले नेपालको मध्यपहाडी भूभाग र तराईको पूर्व इलामदेखि कञ्चनपुरसम्म ३६ जिल्लालाई समेटेको छ । कुल क्षेत्रफलको १३ प्रतिशत भूभाग समेटेर पनि आधाभन्दा बढी जनजीविकासित प्रत्यक्ष÷परोक्ष रूपमा जोडिएको चुरेलाई सीमित व्यवसायीको कमाउने औजार बनाउन दिइनु हुँदैन । यहाँ निकासीको सम्भाव्यता भएका अन्य अनेक उत्पादन छन्, जो प्रतस्पिर्धी हुन सकेका छैनन् । २ वर्षअघि सरकारले सिमेन्ट निकासीलाई नीति तथा कार्यक्रममा समेट्यो, त्यसयता यसको प्रक्रियागत प्रबन्ध देख्न पाइएको छैन । आज सिमेन्ट र फलाममा खपतभन्दा उत्पादन बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा भइराखेको छ । जडीबुटी जंगलमै कुहिएर खेर गइराखेको छ, सीमित उपयोगले उचित बजार भेट्टाएको छैन । व्यावसायिक कृषिका व्यथा बेग्लै छन् । कृषिप्रधान अर्थतन्त्रको गफ चुट्ने हामीकहाँ आयातित खाद्यान्न नभई भान्छामा चुलो बल्दैन । सरकार भने ढुंगा गिट्टी बेच्ने विवादित कामका पछाडि एकोहोरिएको छ । सरकारले साँच्चै नै यसलाई व्यापारघाटा न्यूनीकरणको उपाय देखेको हो भने त्यो अल्प बुझाइबाहेक केही होइन ।

नदीको दोहन सरकारले टुलुटुलु हेरेर बस्दैन : राज्यमन्त्री बास्कोटा

२३ चैत, काभ्रे । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले नदीजन्य वस्तुको अनधिकृत रुपमा भएको उत्खनन सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । खानी र पानी एकै ठाउँमा सम्भव नहुने भन्दै राज्यमन्त्री बास्कोटाले कानुन मिचेर भइरहेका नदीजन्य वस्तु उत्पादन बन्द गर्ने बताएका हुन् । काभ्रेको दोलालघाटमा प्रदेशस्तरीय महोत्सवको उद्घाटन गर्दै …