एमालेले समयमा बन्दसत्र सुरु नगर्दा विदेशी पाहुना त्यसै फर्के

एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र समयमै सुरु नहुँदा विदेशी पाहुना प्रत्यक्ष सहभागी नभई  फर्कनुपरेको छ । शनिबार निर्धारित समयमा बन्दसत्र सुरु नभएपछि काँग्रेस आईका नेता अखिलेशप्रसाद कार्यक्रममा सहभागी नभई फर्किएका हुन् ।अखिलेश काँग्रेस आईकी नेतृ सोनिया गान्धीले पठाएको शुभकामना सन्देश लिएर शनिबार सौराहा आएका थिए । तर कार्यक्रमस्थलमा पुगे पनि एमालेले निर्धारित समयमा महाधिवेशन सुरु नगरेपछि अखिलेश गान्धीको सन्देश छोडेर फर्किएका छन् । एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले सो शुभकाम

सम्बन्धित सामग्री

एमाले बन्दसत्रमा जे देखियो तस्बिरमा हेर्नुहोस्

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । शनिबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ३ बजेपछि मात्र सुरु भएको हो । सहमतिमा पदाधिकारी चयनको प्रयासका लागि करिब ५ घण्टा समय वितेको थियो । तर बन्द सत्रअघि सहमति गर्ने प्रयास सफल हुन सकेन । सहमति नभएपछि अहिले बन्दसत्र चलिरहेको छ ।बन्दसत्र हलमा अध्यक्ष केपी ओलीका बेग्लै रङको कुर्सीमा बसेका छन्  । मञ्चको पहिलो लहरमा अध्यक्ष ओली र विदेशी पाहुना आसीन छन् । ओली वाहेकका एमाले शीर्ष नेता भने हलकाे पहिलो लहरमा बसेका छन् ।

एमाले महाधिवेशन : ५ घण्टा ढिलो गरी सुरु भयो बन्दसत्र

चितवन : नेकपा एमालेको १० महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बिहान १० बजे बस्ने भनिएको बैठक ५ घण्टा ढिलो गरि सुरु भएको हो। पदाधिकारीमा धेरै नेताहरु आकांक्षी भएपछि बन्दसत्र ढिला भएको छ। बिहानैदेखि नेताहरु सहमतिका लागि प्रयासरत भएपनि कुनै पनि सहमति हुन सकेको छैन। बन्दसत्रमा विदेशी पाहुना र एमाले अध्यक्ष केपि शर्मा ओलीले…