एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित १४ जनालाई गरेको कारवाही कुनै हालतमा फिर्ता नहुने अडान राखेका छन् । अध्यक्ष ओलीको यस्तो जवाफपछि मध्यस्थकर्ताको भूमिका रहेका केही नेताहरूसमेत पार्टी विभाजन नरोकिने निष्कर्षसहित बालकोटबाट फिर्ता भएका छन् ।अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षीय १४ जनालाई गरेको कारवाही फिर्ता गरे पार्टी विभाजन रोकिने अपेक्षा गरेका एमाले नेताहरुको प्रयासमा ओलीले यस्तो जवाफ दिएका हुन् । ओली समूहका तर्फबाट मंगलबार ह्वीप उल्लंघन गरेको भन्दै नेता नेपालसहित १४ जना सांसदहरुलाई