भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापनसम्बन्धी ५ वटा कार्यविधि पारित गरेको छ । महानगरले आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य योजना, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, राहत मापदण्ड र आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य पूर्वाभ्यास निर्देशिका कार्यपालिकाबाट पारित गरेको हो । त्यसैगरी, आपतकालीन कार्य सञ्चालन केन्द्रको कार्यविधि पनि पारित गरिएको छ ।