म्याग्दीको बेनी नगरपालिकास्थित मिलनचोकका नरबहादुर थापा बगरफाँटमा रहेको लटरम्मै धान फल्ने खेतको बीचमा पक्की घर बनाएर बस्न थालेका छन् । उनका जेठाबुबा खड्गबहादुर थापाले पनि पाखोमा रहेको घर भत्काएर खेतको फाँटमै घर बनाएका छन्।थापाद्वयका जस्तै म्याग्दीका धेरै ठाउँमा खेतीयोग्य जमिन मासेर घर निर्माण गर्ने क्रम तीब्र बनेको छ । उर्वर फाँटमा पक्की घर निर्माण गर्ने क्रम बढेसँगै खेतीयोग्य जमिन पनि नासिँदै गएको छ । वडानं ४स्थित सिङ्गा,वडानं १ स्थित रत्नेचौर, मङ्गला गाउँपालिकाको बाबियाचौरलगायत सडकको पहुँ