म्याग्दी– पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेको खेतीयोग्य जमिन बगर बनेको छ । वडा नम्बर ५ स्थित कुवापानीको पहाडबाट खसेको पहिरोले खेतीयोग्य जमिन बगर बनाएको हो । असार ११, २३ र साउन ६ गते वर्षात्पछि कुवापानीको जंगलबाट आएको पहिरोसहितको बाढीले सात घरपरिवार विस्थापित र सँयौ रोपनीमा लगाएको खेती नष्ट गर्दै जमिनलाई बगर बनाएको पहिरोबाट विस्थापित […]