महिनावारी अनियमित हुनु यस्तो रोगको संकेत

महिनावारी सामान्य प्राकृतिक जैविक प्रक्रिया हो । सामान्यतयाः किशोरीहरुमा १२ वर्ष पुगेपछि रजस्वला हुने गर्छ । भने, ४५ देखि ५५ वर्षमा मेनोपोज सुरु हुन्छ । महिनावारी रोकिन्छ । महिनावारी सुरु हुने र समाप्त हुने समय फरक–फरक हुन्छ । सामान्यतयाः महिनावारी चक्र २ देखि ८ दिनसम्म चल्न सक्छ । तर, सामान्यतयाः महिलाहरुमा ४ दिनसम्म रहन्छ । महिनावारीको समयमा महिलाहरुमा हर्मोन र शारीरिक रुपमा परिवर्तन आउँछ । तर, महिनावारीमा समयमा देखिने परिवर्तनहरुलाई भने ध्यान दिनुपर्छ । जसलाई नजरअन्दाज गर्न हुँदैन । हाल

सम्बन्धित सामग्री

थकान गम्भीर रोगको लक्षण पनि हुनसक्छ

कतिपय व्यक्तिलाई राति राम्रैसँग निदाए पनि दिनभर थकान महसुस हुन्छ । शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वभाविक नै हो तर सामान्य अवस्थामा पनि थकान महसुस भइरहनु भनेको चाहिं स्वास्थ्य समस्या हो । थकान धेरै कारणले हुनसक्छ । शरीरमा पानीको कमी, अत्यधिक मद्यपान, खराब जीवनशैलीका कारण पनि हुनसक्छ । समयमा खाना नखाँदा, अत्यधिक […]

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ । जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’ यसरी […]

अस्वस्थ जीवनशैलीले रोगको सिकार: आरजु राणा

नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवाले ‘अस्वस्थ जीवनशैली’ ले गर्दा अनेक रोगको सिकार हुनु परेको बताएकी छिन्।...

केरामा पानामा रोगको संक्रमण

काठमाडौं । नेपालमा पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टीआर ४ प्रजाति भेटिएको छ । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टीआर ४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके १५ अर्ब रुपैयाँ लगानी रहेको नेपालको केरा व्यवसाय धराशयी हुने जोखिम रहेको सरोकारवाला बताउँछन् । यो रोग माटोमा बस्ने ढुसी भएका कारण संक्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्छ । साथै केरा बोक्ने गाडीको टायर र जुत्ता चप्पलमा टाँसिएको माटोबाट समेत एक खेतबाट अर्को खेतमा सर्न सक्छ । एकपटक संक्रमण देखिएको माटोमा २० वर्षसम्म पनि रोगको प्रजाति सक्रिय रहन सक्ने हुँदा यसलाई समयमै रोकथाम गर्न नसके नेपाली केरा व्यवसाय धराशयी हुन सक्ने जोखिम रहेको कृषि वैज्ञानिक राम खड्काले बताए । नेपालका मोरङ, झापा, सप्तरी, चितवन, कैलाली, बर्दिया रूपन्देही र नवलपरासी जिल्लामा सबैभन्दा बढी केरा उत्पादन हुन्छ । अहिले नेपालका ५० हजारभन्दा बढी मानिस केरा व्यवसायमा संलग्न छन् । रोगको प्रजाति जटिल प्रकृतिको र एकपटक संक्रमण भएपछि वर्षौंसम्म असर गर्ने भएकाले ठूलो नोक्सान हुने खड्काले बताए । ‘त्यसकारण यसप्रति सबै सरोकारवाला समयमै सचेत हुन जरुरी छ,’ उनले आर्थिक अभियानसँग भने । अहिले टीआर ४ प्रजाति टीकापुर, कैलालीका नौ जना कृषकको केरा बगैंचामा देखिएको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करीब ८ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करीब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताइएको छ । पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नुका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रोपटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ । के हो टीआर ४ प्रजाति ? वैज्ञानिकहरूका अनुसार केरामा यो प्रजातिको रोग लाग्नु भनेको खेती नै विनाश हुनु हो । हालसम्म उक्त रोगका कारण अस्ट्रेलियासहित अफ्रिकाका सबै केराखेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् । तत्कालीन केराका प्रजातिहरूले यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरूले रोगलाई यथावत् छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केराखेतीलाई पुनर्जीवन दिएका थिए । विश्वभर व्यावसायिक केराखेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा यही रोगका कारण मासिएको उनी बताउँछन् । पानामा रोगको अन्य प्रजाति नेपालमा १५ वर्षअघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को भनाइ छ । यो रोग लागेमा केराको फेदैदेखि पात पहेंलो हुने र अन्त्यमा रुखै ढल्ने हुन्छ । यसको संक्रमणबाट बच्न रोग देखिएको स्थानलाई तत्कालै बन्द गर्नुपर्ने बताइएको छ ।

बिहान उठ्दा शरीर बोझिलो हुनु कुनै रोगको संकेत हो ?

दिनभरिको थकान मेटाएर शरीरलाई आराम दिन राति सुत्ने गरिन्छ । मस्त निदाएर बिहान उठ्दा शरीर फूर्तिलो र ऊर्जावान् हुन्छ । तर कतिपयले यसको साटो शरीर नै बोझिलो भएको महसुस गर्छन् । यस्तो किन हुन्छ त ? सामान्यतया शारीरिक व्यायामको कमी, अनिद्रा र अनियमिन खानपान यसको कारण हो । तनावका कारण पनि बिहान उठ्दा शरीर फूर्तिलो […]

१७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण

१७ लाख अष्ट्रेलियालीमा मिर्गौला रोगको प्रारम्भिक लक्षण भएको जनाइएको छ।  अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयर (एआइएचडब्ल्यू) ले सार्वजनिक गरेको तथ्यांकमा मिर्गौला प्रतिस्थापन थेरापी (केटिआर) आवश्यक पर्ने अस्ट्रेलियालीहरूको संख्या विगत २० वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको सरकारी तथ्यांकबाट खुलासा भएको हो।एआईएचडब्यूका प्रवक्ता मिरियम लुम ओनले धेरै अष्ट्रेलियालीहरू रोगबारे अन्जान रहेका पनि बताइन्। मिर्गौला रोगको सबैभन्दा गम्भीर रूप मिर्गौला फेल हुनु हो। मिर्गौलाले काम गर्न नसकेपछि

तपाईंको पनि खुट्टा निदाउँछन् ? कतै यस्ता रोगको संकेत त होइनन् ?

लगातार बसिरहँदा तपाईंको खुट्टा निदाउन सक्छ । खुट्टा निदाउँदा कसैले पिन वा सियोले घोचिरहेको जस्तो महसुस हुन्छ । कतिपय अवस्थामा त खुट्टा निदाउँदा असाध्यै दुख्छ पनि । खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो । यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ ।खुट्टा निदाउँदा सेन्सेसन घुँडा मुनि वा खुट्टाका विभिन्न हिस्सामा महसुुस हुन्छ । त्यसैले खुट्टा निदाउनुको क

शैक्षिकसत्र सुरु हुनु अगाडि विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने

यस्तै ४० वर्षभन्दामाथिका नागरिकलाई स्थानीय तहका स्वास्थ्य संस्था वर्षमा एकपटक नसर्ने रोगको निःशुल्क स्क्रिनिङको बजेटमा व्यवस्था गरिएको उनको भनाइ थियो।...

अनेक रोगको कारण बन्नसक्छ कब्जियत, कसरी छुटकारा पाउने ?

खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ । उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन । जब राम्ररी दिसा हुँदैन, तब यसले अनेक रोग पैदा […]