काठमाडौं – काठमाडौं र ललितपुरमा आज दुईजना मृत भेटिएका छन् । काठमाडौँको दक्षिणकाली नगरपालिका–१ नौमूलेमा आज एक व्यक्ति मृत भेटिएका हुन् । यहाँको नौमूले कृषि फर्म तथा रेष्टुरेन्टमा कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने ४६ वर्षीय विपिन बस्नेत मृत भेटिएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युको कारणबारे स्थानीय […]
कुनै बेला मैले भिडियो स्तम्भ चलाउँथें; जसको नाम थियो– च्या खानु भो ? यसपल्ट म चियाबाट कफीतर्फ सरेको छु। एस्प्रेसो अनलाइनखबरको ओपिनियन शट हो।
कतिपयले सोध्छन्, तिमी पत्रकार भएर किन विचार दिइराखेको ? खासमा मैले आफ्नो …
१२ कात्तिक, काठमाडौं । २४ भदौको जेनजी आन्दोलनको क्रममा काठमाडौं उपत्यकाका अधिकांशजसो प्रहरी कार्यालयमा तोडफोडसहित आगजनी भयो ।
तोडफोडबाट केहीमा छिटपुट क्षति भयो भने केही प्रहरी कार्यालय ध्वस्तै भए । काठमाडौं उपत्यकामा मात्रै १५३ प्रहरी कार्यालयमा …
१२ कात्तिक, काठमाडौं । पाँचथर याङवरक गाउँपालिकाका वीरेन्द्रबहादुर लिम्बूले करिब पाँच दशकदेखि अलैँची खेती गर्दै आएका छन् ।
२०३५/३६ सालदेखि सुरु भएको उनको अलैँची खेती यात्राले नेपालको अलैँची उत्पादनको उतारचढाव नजिकबाट नियालेको छ । अहिले अलैँचीको …
मनाङ – जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङको पदयात्रामा एक साताका लागि रोक लगाएको छ । हिमपात रोकिए पनि हिमपहिरो आउन सक्ने जोखिम रहेकाले एक सातासम्म पदयात्रामा नजान प्रशासनले पदयात्रीलाई आह्वान गरेको हो । हिउँले भरिएको सडक खुलाइएपछि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु फर्किन सहज भएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए । […]