फिफा रेफ्री प्रज्वल क्षेत्री र फिफा सहायक रेफ्री किशनकन्ह्या यादवले आगामी जुलाई २५ देखि अगस्ट ५ सम्म भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएका छन् । रेफ्री प्रज्वल र किसनलाई यू–२० साफ च्याम्पियनसिप खेलाउने टोलीमा राखेको सफले जनाएको छ । क्षेत्री र यादवले २०२१ मा फिफा ब्याज प्राप्त गरेका थिए ।भारतको भुवनेश्वरस्थित कलिङ्गा रंगशालामा हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सको सहभागिता रहनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालल