भ्याटबाहेक सबै शीर्षकमा लक्ष्यभन्दा कम राजस्व

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा मूल्य अभिवृद्धि कर बाहेक अन्य शीर्षकमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको राजस्व महाशाखाका अनुसार मूल्य अभिवृद्धि कर अर्धवार्षिक लक्ष्यभन्दा ३.६३ प्रतिशत बढी संकलन भए पनि अन्य शीर्षकमा लक्ष्य भेटिएको छैन ।चालू आवको पहिलो ६ महिनामा अत्यधिक मात्रामा आयात बढे पनि भन्सार महसुलले समेत […]

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।...

मुख्य नाकामै लक्ष्यभन्दा कम राजस्व

वीरगञ्ज। देशको मुख्य व्यापारिक नाकाको वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा लक्ष्यअनुसार राजस्व उठाउन सकेन । २ महीनामा भन्सारले लक्ष्यको तुलनामा ७० प्रतिशतमात्र राजस्व उठाएको छ । भन्सारले गत आवको पहिलो २ महीनामा लक्ष्यको ७९ प्रतिशत राजस्व उठाएको थियो ।  अघिल्लो आवमा सरकारले व्यापार नियन्त्रणको नीति लिएको थियो । चालू आवमा सबै खालका नियन्त्रण हटाए पनि बजारमा माग नबढेकाले वैदेशिक व्यापार खुम्चिएको र त्यसको प्रत्यक्ष प्रभाव भन्सारको राजस्व असुलीमा देखिएको भन्सारका सूचना अधिकारी रामचन्द्र ढकालले बताए ।  भन्सार कार्यालयले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार बितेको २ महीनाका लागि यो भन्सारलाई ३५ अर्ब रुपैयाँ उठाउने लक्ष्य दिइएको थियो । असुली २४ अर्ब ५८ करोड रुपैयाँमै सीमित भएको छ । यी २ महीनामा ९ अर्ब ३५ करोड भन्सार महशुल, १० अर्ब ४० करोड रुपैयाँ मूल्य अभिवृद्धिकर र १ अर्ब ९० करोड अन्त:शुल्क उठेको उल्लेख छ ।

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व संकलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले […]

जलेश्वर भन्सारको राजस्व असुलीमा कमी

महोत्तरीको प्रमुख भन्सार कार्यालय जलेश्वरको राजस्व असुलीमा २२ प्रतिशतले कमी आएको छ। जलेश्वर भन्सारले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको हो।...

लक्ष्यभन्दा कम राजस्व असुली

झापा, १० जेठ । आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताए । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने […]

गड्डाचौकी भन्सारमा लक्ष्यभन्दा ६ करोड कम राजस्व सङ्कलन

काठमाडौँ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ।  ५२ करोड, ७७ लाख ६० हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४६ करोड, २२ लाख, ३८ हजार मात्र उठेको हो। यो रकम लक्ष्यभन्दा छ करोड ५५ लाख २२ हजार रुपैयाँ कम हो। भन्सार कार्यालयले ३१ करोड ६४ […]

बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका-१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो […]

राजविराज भन्सारमा बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । यो राजस्व लक्ष्यभन्दा करिब ३९ प्रतिशत कम हो । भन्सार कार्यालयको तथ्याङ्कले सबैभन्दा बढी असोजमा रु ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रु १९ लाख १५ हजार राजस्व सङ्कलन भएको देखाएक

कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।  आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत

लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।