लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

सम्बन्धित सामग्री

नेपालगञ्ज भन्सारबाट लक्ष्यभन्दा कम राजस्व संकलन

नेपालगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८०/०८१ को साढे ८ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ।...

राजस्व कार्यालय जनकपुरमा लक्ष्यभन्दा कम राजस्व संकलन

जनकपुरधाम। आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्ष (आव) २०७९/८० मा रू. ३ अर्ब ४३ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले गत आवमा रू. ३ अर्ब ७० करोड ६८ लाख १० हजार राजस्व असुलीको लक्ष्य पाएकोमा लक्ष्यको ९२ दशमलव ९४ प्रतिशतमात्र राजस्व असुल गर्न सफल भएको कार्यालय प्रमुख किशोर बर्तौलाले जानकारी दिए । कार्यालयले आयकरबाट रू. १ अर्ब २३ करोड, घरभाडा करबाट रू. ४ करोड ८७ लाख, ब्याजबाट रू. ६ करोड ११ लाख, भ्याटबाट रू. १ अर्ब राजस्व संकलन गरेको हो । त्यस्तै अन्त:शुल्कबाट १ अर्ब ९ करोड, स्वास्थ सेवा करबाट रू. ७ लाख ४२ हजार र शिक्षा सेवा करबाट रू. ३५ हजार राजस्व संकलन भएको बर्तौलाले बताए ।

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व संकलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले […]

आन्तरिक राजस्व कार्यालय हेटौंडाको लक्ष्यभन्दा कम राजस्व संकलन

हेटौंडा । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको नौ महिनामा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रू ४ अर्ब ३५ करोड नौ लाख  रहेकामा सो कार्यालयले उक्त अवधिमा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रू ३१ करोड कम राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रू ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत रू एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रू चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रू ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रू ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रू चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ । बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ । रासस

राजविराज भन्सारमा वर्षेनी लक्ष्यभन्दा कम राजस्व संकलन

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व संकलन गरेको छ।

राजविराज भन्सारमा वर्षेनी लक्ष्यभन्दा कम राजस्व संकलन हुन्छ किन ?

राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कैलालीका भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो ।  आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत

४ प्रतिशतले घट्यो वीरगञ्ज भन्सारको राजस्व

वीरगञ्ज – देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को माघमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा चार प्रतिशत कम राजस्व संकलन गरेको हो। माघमा वीरगञ्ज भन्सार कार्यालयले १५ अर्ब ८२ करोड एक लाख ४२ हजार राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। विभागले वीरगञ्ज भन्सार […]

भ्याटबाहेक सबै शीर्षकमा लक्ष्यभन्दा कम राजस्व

चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा मूल्य अभिवृद्धि कर बाहेक अन्य शीर्षकमा लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयको राजस्व महाशाखाका अनुसार मूल्य अभिवृद्धि कर अर्धवार्षिक लक्ष्यभन्दा ३.६३ प्रतिशत बढी संकलन भए पनि अन्य शीर्षकमा लक्ष्य भेटिएको छैन ।चालू आवको पहिलो ६ महिनामा अत्यधिक मात्रामा आयात बढे पनि भन्सार महसुलले समेत […]

लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल

खोटाङ-करदाता सेवा कार्यालय खोटाङले चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो ६ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि पुस मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा २८.१७ प्रतिशत कम राजस्व संकलन गरेको हो ।कार्यालयले राजस्व विभागबाट यस अवधिमा ७ करोड ५१ लाख ४२ हजार राजस्व संकलनको लक्ष्य पाएकोमा ५ करोड ३९ लाख ७४ हजार मात्र संकलन […]