कैलालीका भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व संकलनमा कमी आएको छ । दुईवटा भन्सार कार्यालय रहेको कैलालीमा आर्थिक वर्ष २०७८/०७९ मा ती कार्यालयलाई भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व संकलन भएको हो । आव २०७८/०७९ मा विभागले ११ अर्ब ८२ करोड राजस्व उठाउनुपर्ने लक्ष्य तोकेकामा तोकिएभन्दा नौ अर्ब ५८ करोड कम राजस्व उठेको सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् । “यस वर्ष लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । यस वर्ष संकलन भएको राजस्व लक्ष्यको ८१ प्रतिशत