काठमाडौ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ। सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख ज्ञान माया डङ्गोलले जानकारी दिइन्।सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले २० लाख राहतको घोषणा गरेको उनले बताइन्। ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो