काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्धको मुद्दाको पेसी शुक्रबारलाई सारिएको छ । हिजो (आइतबार) सुनुवाइको लागि पेसी तोकिएकोमा सार्वजनिक बिदा परेकाले आजलाई पेसी राखिएको थियो । तर, सरकारी कानुन व्यवसायी र प्रत्याशी हाजिर नभएपछि पेसी सारिएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ । […]