फेसलेस, पेपरलेस र क्यासलेस प्रशासन

सूचना तथा सञ्चार प्रविधिको क्रान्तिकारी विकासले मुलुकी प्रशासनलाई समेत डिजिटल युगमा प्रवेश गराएको छ । डिजिटल प्रणालीमा पुराना कर्मचारीहरूभन्दा नवप्रवेशी युवा रमाएर कागजी प्रक्रियाभन्दा सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर परिवर्तनशील र सृजनशील समाज निर्माण गरिरहेका छन् । विद्युतीय शासन नै फेसलेस, पेपरलेस र क्यासलेस प्रशासनको पूर्वशर्त हो । यसका लागि विद्युत्, इन्टरनेट, सूचना, सूचना तथा सञ्चार सामग्रीहरू र दक्ष जनशक्ति आवश्यक पर्छन् । यही विद्युतीय शासनको माध्यमबाट सेवाप्रदायक र सेवाग्राहीको प्रत्यक्ष भेटघाट नभईकन, कागजी प्रक्रियाको प्रयोग नगरीकन, रुपैयाँ पैसाको प्रयोग नगरीकन फेसलेस, पेपरलेस र क्यासलेस प्रशासन सञ्चालनमा अहिलेको पुस्ता क्रियाशील रहेको छ । सेवाग्राहीहरू सार्वजनिक सेवा प्राप्त गर्न सेवाप्रदायकको झ्याल ढोकासमक्ष पुग्नु पर्दैन । फेसलेस र पेपरलेस प्रशासनको अवधारणा सन् २००० अर्थात सूचना प्रविधि नीति, २०५७ को कार्यान्वयनसँगै अभ्यासमा आएको हो । नेपालको संविधानको धारा ५१ (च) विकाससम्बन्धी नीतिले पनि यसलाई स्थान दिएको छ । त्यसैअनुसार विद्युतीय सरकार, विद्युतीय शासन र विद्युतीय कारोबारमार्पmत आज मुलुक फेसलेस, पेपरलेस र क्यासलेस युगमा प्रवेश गर्न आँटेको छ । अमेरिकाको रोजगारी नेपालमै बसेर अनि नेपालको रोजगारी अमेरिकामै बसेर सम्भव भएको छ । फेसलेस प्रशासनमा सेवाग्राही र सेवाप्रदायकको फेस टु फेस भेट हुनै पर्दैन । विद्युतीय शासन व्यवस्थाबाट मुलुकमा आर्थिक अनुशासन कायम हुन्छ । सेवाग्राही र सेवाप्रदायकको भेट हुनै नपाएपछि त्यहाँ आर्थिक चलखेल पनि हुनै पाउँदैन । आफ्नो मान्छे, भनसुन र चाकरी प्रथा पनि अन्त्य हुन जान्छ । कार्टेलिङ र सिन्डिकेट जस्ता प्रथाहरू पनि समाप्त हुन्छन् । सेवाग्राही र सेवाप्रदायकको उत्पादनशील समय बचत हुन्छ । त्यसैले विद्युतीय शासनबाट सेवाप्रवाह शीघ्र, पारदर्शी, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय भई असल शासन र उच्च अनुशासन कायम गर्न मद्दत गर्छ । मानिसहरूको ओहोरदोहोर कम हुने भएकाले यसबाट न सडक जाम हुन्छ न त इन्धनको नै चिन्ता हुन्छ । आयातित पेट्रोलियम पदार्थ पनि कम खर्च हुन्छ, प्रभावस्वरूप वातावरण प्रदूषण न्यूनीकरणमा समेत मद्दत पुग्छ । डिजिटल प्रशासनमा सेवाग्राहीहरू बीच विभेद हुँदैन, कागजी प्रक्रियाका झन्झटहरूको अन्त्य हुन्छ, कागज र फाइल च्यातिने, हराउने, चोरिने, नासिने र नपाइने भन्ने हुँदैन । फाइल राख्ने दराज, कोठा र पोका पनि आवश्यक पर्दैन । यस प्रकारको शासन प्रणालीमा कागजको कमभन्दा कम प्रयोग गर्दै सूचनाप्रविधिको उपयोग हुन्छ । वास्तवमा विद्युतीय शासन पद्धतिबाट सानो र सफा शासन विकसित हुने, भौतिक रूपको समाजबाट विद्युतीय समाजका रूपमा रूपान्तरण हुने र कर्मचारीतन्त्रले गरेका काम जुनसुकै बखत जहाँसुकैबाट हेर्न, नाप्न र अनुभूति गर्न सकिने भएकाले पनि यसलाई बढी प्रभावकारी र विश्वसनीय मानिएको हो । विश्वमा सन् २००० बाट शुरू भएको क्यासलेस प्रशासनको अवधारणा सन् २०१० बाट नेपालको प्रशासनमा भित्रिएको हो भने सन् २०२० देखि तीव्र कार्यान्वयनको क्रममा रहेको छ । खासगरी, नगद कारोबारबाट विश्वव्यापी रूपमा फैलिएको प्राणघातक कोभिड–१९ को प्रभावबाट मुक्त रहन, बन्दाबन्दी गरिएको समयमा अटुट रूपमा सार्वजनिक सेवा प्रवाह गर्न यसलाई विस्तार गरिएको हो । यो अवधारणाको विकास र विस्तार अब शहरहरूमा मात्र होइन, ग्रामीण सुदूर बस्तीहरूमा समेत जरुरी छ । भौतिक तवरले पैसाको कारोबार नहुँदा अर्थात् अनलाइन पेमेन्ट सिस्टमबाट पैसा बोकी राख्नुपर्ने झन्झट र हराउँछ कि भन्ने त्रास अन्त्य भई सरल तरिकाले आर्थिक कारोबार सञ्चालन हुन्छ । त्यसैले क्यासलेस पद्धति उत्कृष्ट, सुलभ र विश्वसनीय मान्न सकिन्छ । विज्ञान तथा प्रविधिको विकासले आज सेवाप्रवाह अत्यन्त सरलीकृत भएको छ । ट्राफिक व्यवस्थापन गर्न सडकसडकमा ट्राफिक प्रहरीको जरुरत पर्दैन । चोकमा सहजीकरणका लागि एकजना ट्राफिक प्रहरी भए पुग्छ, बाँकी ट्राफिक लाइटको संकेतबाट चल्छ । त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले घर घरमा स्मार्ट मीटर जडान गरेमा घरघरमा मीटर रिडर धाउनु पर्दैन । अफिसबाटै अटोमेटिक सिस्टमले रिड गर्छ । सेवाग्राहीहरू पैसा तिर्न प्राधिकरणको कार्यालयमा पुग्नु पर्दैन, ई–सेवालगायत क्यासलेस प्रविधिबाट तिर्न सकिन्छ । यातायात कार्यालयहरूमा लागू गरिएको अनलाइन सवारीचालक अनुमतिपत्र प्रणालीले दिनहुँ सयौंको संख्यामा हुने भीडभाड कम गर्छ । त्यसैगरी लोकसेवा आयोगलगायत सार्वजनिक संघसंस्थामा लागू भएको अनलाइन दरखास्त प्रणालीले पनि लामबद्ध भीड अन्त्य गरी मानवीय जीवनलाई सरल र सहज बनाएको छ । ई–बैंकिङ सेवाले क्यासलेस प्रविधिबाट हुने आर्थिक कारोबारमा चमत्कार ल्याएको छ ।   नेपालमा यसप्रकारको सेवाको शुरुआत भए पनि गन्तव्य भेट्टाउन युद्धस्तरमा कार्य गर्नु छ । सरकारले आफूले सम्पादन गर्ने कार्यहरू, सेवाग्राही एवम् नागरिकलाई प्रदान गर्ने सेवाहरू विद्युतीय माध्यमबाट सञ्चालन र व्यवस्थापन गर्नु सुशासन कार्यान्वयनको एक महत्त्वपूर्ण र प्रभावकारी औजार हो । सार्वजनिक निकायहरूबाट सेवाग्राहीलाई प्रदान गरिने सेवाप्रवाहमा पुराना तौरतरीका अर्थात् कागजी प्रक्रियाबाट अलग्गै रहेर विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्न आफूलाई रूपान्तरण गरिरहको विश्व परिदृश्यमा नेपालको सार्वजनिक प्रशासनले समेत आत्मसात् गरी तदनुरूपका कार्यहरू विस्तार गर्दै गएको छ । डिजिटल शासन प्रणालीबाट शीघ्र, तटस्थ, निष्पक्ष, प्रभावकारी र सहज नतिजा प्राप्ति हुने भई नागरिकमैत्री सेवाप्रवाह पद्धतिको शुरुआत भएको छ । वास्तवमा आधुनिक दुनियाँलाई नियालेर हेर्ने हो भने विद्युतीय सेवालाई नै आधुनिकीकरणको नयाँ नाम भन्न सकिन्छ । अहिलेका नवयुवाहरू यसमा रमाएर ऊर्जाशील ढंगले घरबाटै काम गरिरहेका छन् । यो युगमा तह नै लगाउन नसक्नेगरी सूचनाहरूको उत्पादन भइरहेकाले तिनको प्रभावकारी प्रशोधन, वितरण र उपयोगमा वर्तमान प्रशासन अभ्यस्त रहेको छ । डिजिटल नेपाल निर्माणको अभियानलाई साकार पार्दै नेपाललाई सूचनाप्रविधिको विश्वमानचित्रमा स्थापित गर्न अब औसत होइन, उत्कृष्ट व्यवस्था, व्यवस्थापन र व्यवस्थापकको अनुकरणीय तालमेल अपरिहार्य छ । यसबाट फेसलेस, पेपरलेस र क्यासलेस प्रशासनको वेब पनि गतिमान हुने देखिन्छ । लेखक नेपाल विद्युत् प्राधिकरण, केन्द्रीय कार्यालयका सहायक निर्देशक हुन् ।

सम्बन्धित सामग्री

व्यवस्था बद्लियो, बदलिएन कर्मचारी प्रशासन

देशमा प्रजातन्त्र आएको झन्डै ७३ वर्ष भयो। अझै जनमुखी प्रशासन स्थापित हुन सकेको छैन। विश्वका अन्य देशहरू वैज्ञानिक, बलियो, व्यवहारिक र जनमुखी प्रशासन स्थापित गरेर विकासको फड्को मारिरहेका छन्।...

गुल्मी प्रशासन देशभरमै सर्वोत्कृष्ट

१७ असोज, गुल्मी । गुल्मी जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए । प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरु कार्यसम्पादन मापकका सूचकबाट […]

सामान्य प्रशासन मन्त्रालयको सचिवमा सिंह

७ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी विनोदप्रकाश सिंहले पाएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । हाल कृष्णहरि पुष्कर सामान्य प्रशासन मन्त्रालयका सचिव थिए । सामान्य प्रशासनमन्त्रीमा अनिता देवी  नियुक्त भएलगत्तै मन्त्रालयको सचिव फेरिएका हुन् । यसअघि सिंह प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा […]

बोझिलो र भद्दा विकास प्रशासन

सार्वजनिक प्रशासन विकास प्रशासनको तुलनामा बृहत, बोझिलो र भद्दासमेत हुन्छ। संरचनागत र प्रक्रियामुखी हुने गर्छ। विकास प्रशासन भने समयानुकुल, गतिशील, क्रियाशील र चुस्त समेत हुने गर्छ। अग्रीम लक्ष्य तोकिने हुँदा परिणामुखी हुन्छ। विकास प्रशासनले तोकिएका प्रक्रिया समयमै पूरा गर्नुपर्ने हुन्छ। सार्वजनिक प्रशासनमा प्रक्रिया बढी हुनाले कार्य सम्पादनमा ढिलो हुनसक्छ। उत्तरदायीत्वको दृष्टिले पनि सार्वजनिक प्रशासन केन्द्रमुखी […]

डरपोक प्रशासन

राजनीतिक नेतृत्वको लाचार छाया बन्न पुग्दा नेपाली प्रशासन डरपोक मात्रै होइन दिन प्रतिदिन पंगु बन्दै जान थालेको छ । विशेष गरी राजनीतिक नेतृत्वका रूपमा आउने प्रधानमन्त्री र मन्त्रीले जे भने त्यही मान्ने प्रशासकको गलत प्रवृत्तिका कारण प्रशासन पंगु बनेको हो । राजनीतिक नेतृत्वको गलत धन्दामा समेत सहयोग गर्ने काम गरेर प्रशासकले जनविरोधी कामसमेत गर्ने गरेका […] The post डरपोक प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

रूपान्तरणको पर्खाइमा प्रशासन

वर्तमान सरकारले प्रशासन सुधारका लागि विभिन्न आयोग बनाउन त परै जाओस् प्रशासन सुधारका सम्बन्धमा सामान्य छलफल र बहस समेत चलाउन सकेको छैन । यो सरकारले प्रशासन के हो र यसलाई कसरी कामयावी बनाउन सकिन्छ भन्नेमा कुनै ध्यान नै नदिनु ठूलो विडम्बना भएको छ । प्रशासनलाई पुरै बेवास्ता गरिएको तथा प्रशासनबाट सरकारले कुनै काम लिन नसकेकाले […] The post रूपान्तरणको पर्खाइमा प्रशासन appeared first on राजधानी राष्ट्रिय दैनिक.

हस्तक्षेपले प्रशासन कोमामा पुग्ने खतरा

यतिखेर स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासन नजानिँदो किसिमले कोमामा पुग्न लागेको छ । जनतालाई प्रभावकारी सेवासुविधा दिने महान् लक्ष्य लिएको प्रशासन संयन्त्र आईसीयूबाट भेन्टिलेटर हुँदै कोमामा पुग्ने अवस्था आउनु निकै विडम्बना र दुःखदायी अवस्था हो । राजनीतिक नेतृत्व खराब भएकाले त्यसको असर प्रशासन संयन्त्रमा नराम्ररी परेको छ । हाम्रो प्रशासन पनि सधंै राजनीतिको पिछलग्गु […] The post हस्तक्षेपले प्रशासन कोमामा पुग्ने खतरा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

‘प्रशासन बहस’ आजदेखि

काठमाडौँ । राजनीति र प्रशासन बिचको अन्तरसम्बन्धमा केन्द्रित ‘प्रशासन बहस’ आजदेखि सुरु हुने भएको छ । प्रशासन डटकमबाट सातामा दुई दिन प्रसारण हुने उक्त बहस कार्यक्रमको पहिलो चरण अन्तर्गत १२ वटा भाग रहेका छन् । प्रशासन डटकमका विशेष प्रतिनिधि एस राज उपाध्यायले सञ्चालन गर्ने उक्त बहसमा पूर्व मुख्य सचिव डा।सोमलाल सुवेदीदेखि पूर्वसचिवहरु प्रतापकुमार पाठक, पूर्णचन्द्र […]

प्रशासन बहस

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक प्रशासनिक अनलाइन न्युज पोर्टल प्रशासन डटकमले सार्वजनिक प्रशासनका विविध आयामहरूमा केन्द्रित रही ‘प्रशासन बहस’ सञ्चालन गर्ने भएको छ । साउन पहिलो सातादेखि सुरु हुने उक्त बहस पहिलो चरणमा अन्तर्वार्तामूलक र विशेष गरी लोक सेवा परीक्षा केन्द्रित रहनेछ । पूर्वप्रशासकहरुसँगको अन्तर्वार्ता उपसचिव र सहसचिवसँग सम्बन्धित हुने छ ।

अधिवेशन अन्त्यः प्रशासन कानुन फेरि अलपत्र

काठमाडौं, बैशाख ७ । राष्ट्रपतिले अधिवेशनको अन्त्य गरेको घोषणा गरेपछि निजामती प्रशासन कानुन फेरि अलपत्र परेको छ। प्रशासन कानुन नआउँदा करिब ९० हजार निजामती कर्मचारीलाई निर्देशिन, सञ्चालन र व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भएको छ। स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनलाई सञ्चालन गर्न करिब साढे दुई वर्ष अघि नै सरकारले प्रशासन कानुन ल्याउन प्रयास गरेको थियो। […]