महन्थ पक्ष अदालत गएपछि जसपा उपेन्द्र पक्ष बैठकमा

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बसिरहेको छ। निर्वाचन आयोगले आधिकारिकताका लागि नागरिकतासहित आयोगमा उपस्थिति हुन भनेको र त्यसो नगर्न माग गर्दै महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत पुगेपछि...

सम्बन्धित सामग्री

भट्टराईलाई कारबाही गरेको जानकारी दिन उपेन्द्र यादव पक्ष आयोग जाने तयारीमा

काठमाडौँ । डा. बाबुराम भट्टराई पक्षलाई कारबाहीको निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र पक्ष आज विवरण अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । यादव पक्षका केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले विवरण अद्यावधिकका लागि आज निर्वाचन आयोग जान लागेको बताए । यादव पक्षको वीरगञ्ज बैठकले संघीय परिषद् अध्यक्षबाट डा। भट्टराईलाई हटाएर सो […]

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष)को संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरू भएको छ ।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयनलगायतका अजेन्डामा छलफल केन्द्रित छ ।  बैठकमा २० सांसद सहभागी भएको नेता तथा सांसद इस्तियाक राईले जानकारी दिएका छन् ।  यसअघि उपेन्द्र पक्षसँग १२ सांसद थिए । अहिले महन्थ ठाकुर पक्षका ८ सांसद पनि उपेन्द्र पक्षमा आएको राईको दाबी छ ।

पार्टी आधिकारिकता दाबी गर्दै जसपा उपेन्द्र पक्ष निर्वाचन आयोगमा

पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ ।जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् । जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र महतो पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले […]

जसपा उपेन्द्र पक्ष दोस्रोपटक पुग्यो निर्वाचन आयोग

काठमाडौं। जसपा उपेन्द्र यादव पक्षले पार्टी आधिकारीकताका लागि पुनः निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त पक्षका ३० जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित नेताहरु आयोग पुगेर निवेदन दिएका हुन्। यस अघि पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवैले पार्टी आधिकारीकताका लागि दिएको निवेदन आयोगले अस्विकार गरेको थियो।

लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप

त्यही भएर जसपा लुम्बिनीले उनीहरूका लागि भनेर  ह्वीप जारी गर्दै नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न भनेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। अध्यक्ष यादव र ह्वीप जारी गर्नेहरु बाबुराम-उपेन्द्र पक्ष हुन्।

जसपा संसदीय दलको बैठक सुरु, उपेन्द्र पक्ष अनुपस्थित

काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। आज सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको एक सांसदले जानकारी दिए। बैठकमा उपेन्द्र पक्षका सांसदहरू अनुपस्थित छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नेबारे निर्णय गर्न सक्ने सम्भावना छ। नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष एमाले र जसपाले दाबी गर्ने तयारी भएको जसपा श्रोतले देखापढीलाई बताए।

ओलीले जेठ १५ अगावै संसद विघटन गर्ने बूढानीलकण्ठ बैठकको आँकलन

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा सभापति देउवासहित माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुको सहभागिता थियो ।बूढानीलकण्ठ बैठकको वि