हलिउडमा स्थापित हुन संघर्षरत रहँदा मर्लिन मुनरोले एक जना फोटोग्राफरलाई दुई फरक पोजमा फोटो सुटको अनुमति दिइन्। जर्ज ब्यारिसको पुस्तक ‘मर्लिनः हर लाइफ इन हर ओन वर्डस्’ मा उल्लेख छ- ‘प्लेबोय’ म्यागेजिनले आफ्नो पहिलो अंकमा तिनै मोडल तथा अभिनेत्रीको फोटो प्रथम पृष्ठमा प्रकाशित गर्यो । जुन फोटो मुनरोले ‘प्लेबोय’का लागि भनेर सुट गरेकी थिइनन्। सन् […]
७० वर्षीय तबलावादक राजु अग्रवालको बिहानी एकनाशे चक्रमा चल्छ। उनी बिहान ४ बजे उठ्छन्। गर्मी होस् वा जाडो चिसै पानीले नुहाउँछन्। गुह्येश्वरीमाथि उक्लेर मृगस्थलीमा एक घन्टा ध्यान र प्राणायाम गर्छन्। चराको चिरबिर, जंगलको साइँसुइँ र घन्टीको ट्याङटुङ सुन्दै पशुपति मन्दिर झरेर एक फन्को लगाउँछन्। र, मैजुबहाल घर फर्किन्छन्। यो क्रम चलेको तीन दशक भयो। २०७० […]
दुई दिनको त्रासदपूर्ण जेन-जी आन्दोलनको सास्ती खेपेको सडक तेस्रो दिन बिहानसम्म सुनसान देखिन्थ्यो। यहीबीच केही युवा हात सडकमा ढले-जलेका आन्दोलनका अवशेष सम्याउन जुट्दै गरेको भेटियो। ढोलाहिटीबाट सातदोबाटो आउँदै गर्दा सडकमा एकैपटक देखिएको दुइटा कुराले मेरो क्यामेराको ध्यान खिच्यो। आन्दोलनका क्रममा जलाइएको प्रहरी बिट उठाउँदा निस्किएको धूँवाको कालो मुस्लो र त्यसकै बगलमा बनाइएको नेपालको झण्डा। प्रहरी […]
म सामाजिक सञ्जालमा कहिलेकाहीँ आफूलाई मन परेका सिनेमा सिफारिस गर्छु। यसपटक भने मलाई इन्स्टाग्राममा पर्फेक्ट डेज हेर्ने सिफारिस आयो। मलाई कुनै पनि फिल्म सुरु गर्नुअघि गुगल गरेर त्यसको वानलाइन प्लट पढ्नुपर्छ, नत्र फिल्म हेर्न बस्दा के नपुगे नपुगेजस्तो भइदिन्छ। वानलाइन प्लटले मलाई फिल्म हेर्न ‘इमोस्नल्ली रेडी’ बनाउँछ। पर्फेक्ट डेज ड्रामा–न्यारेटिभ जनराको फिल्म रहेछ। जापानको टोकियो […]
२१ मंसिर २०७४ मा दोस्रो चरणअन्तर्गत आमनिर्वाचन हुँदै थियो। त्यसको रौनक अन्य जिल्लामा झैँ झापामा पनि नहुने कुरै भएन। नाकाबन्दीको समयमा भारतविरुद्ध लिएको अडानका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘हाइप’ बेग्लै थियो। ओली झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै थिए। त्यो समय म झापाको पहिलो सामुदायिक रेडियो ‘रेडियो सरगम’ मा कार्यरत थिएँ। […]
३० चैत २०३७। जुन दिन खेल मैदानमा पहिलोपल्ट राजपरिवारका सदस्यविरुद्ध ‘मुर्दावाद’ को नारा लाग्यो। यतिबेला राष्ट्रिय खेलकुद परिषद्को संरक्षक अधिराजकुमारलाई नियुक्त गर्ने चलन थियो। नेपाली खेलकुदका पहिलो संरक्षक राजा महेन्द्रका भाइ बसुन्धराको निधन २०३४ सालमा भयो। यसपछि संरक्षकको भूमिकामा थिए, राजा वीरेन्द्रका कान्छा भाइ अधिराजकुमार धीरेन्द्र। घटना हुँदा उनी संरक्षक नियुक्त भएको पनि तीन वर्ष […]