पर्वतमा सामाजिक विकास कार्यालय स्थापना

पर्वतमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहने गरी कार्यालय स्थापना गरिएको हो ।सदरमुकाम कुश्माबजारस्थित वडागाउँमा रहेको साविक भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) रहेको भवनमा यो कार्यालय स्थापना गरिएको हो । विशेषगरी शिक्षा, संस्कृति, ज्येष्ठ नागरिक, महिला तथा […]

सम्बन्धित सामग्री

लमजुङमा सामाजिक विकास कार्यालय स्थापना

लमजुङमा सामाजिक विकास कार्यालय स्थापना भएको छ ।गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय स्थापना भएको हो ।

तनहुँमा सामाजिक विकास कार्यालय स्थापना

दमौली – गण्डकी प्रदेश सरकारले तनहुँमा सामाजिक विकास कार्यालय स्थापना गरेको छ। शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका कार्यक्रम कार्यान्वयनका लागि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिएको हो। शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सो कार्यालय सञ्चालन गरिएको छ। कार्यालयको बुधबार उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल […]

स्याङ्जामा सामाजिक विकास कार्यालयको स्थापना

अमृत अर्याल, स्याङ्जा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले बिगतमा रहेको महिला तथा बालबालिका कार्यालयको अभावलाई पुरा गर्न सामाजिक विकास कार्यालय स्थापना गरेको बताउनुभयो । स्याङ्जा सदरमुकाममा सामाजिक विकास कार्यालय स्थापना गर्दै मन्त्री श्रेष्ठले सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताउदै संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य बिना […]

पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना

असोज ६, पर्वत । पर्वत र बागलुङमा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय मातहत रहनेगरी कार्यालय स्थापना गरिएको हो ।  बागलुङ र पर्वतमा स्थापना भएका कार्यालयका गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गरेका छन् ।   विशेषगरी शिक्षा, संस्कृति, जेष्ठ नागरिक, महिला तथा बालबालिका,  अल्पसंख्यक, पिछडिएका वर्ग, सामाजिक सुरक्षा, श्रम तथा रोजगार लगायतका क्षेत्रमा काम गर्नेगरी कार्यालय स्थापना गरिएको हो । मन्त्री श्रेष्ठले प्रदेश सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप नगरेको बताए ।   प्रदेश सरकारका सेवाहरु हरेक जिल्ला जिल्लावाट प्रवाह गर्नका लागि कार्यालय सञ्चालन गरिएको बताए । उनले प्रदेश सरकारले पोखराबाट प्रवाह गर्ने सेवा जिल्ला तहमा विस्तार गर्ने हेतुका साथ कार्यालय स्थापना गरेको जानकारी दिए ।   मन्त्री श्रेष्ठले समुदायका लागि राज्य रहेको अनुभुती हुनेगरी प्रदेश सरकारले काम गरिरहेको बताए । पिछडिएको समुदायलाई राज्यको पहुँचमा पुर्‍याउन प्रदेश सरकारले आफ्ना गतिविधिहरु गरिरहेको दाबी गर्दै उनले नागरिकलाई राज्यका सेवा सुविधा द्रुत र सर्वसुलभ रुपमा प्रदान गर्न सरकार लागिपरेको बताए ।  उनले सामाजिक विकास कार्यालय र व्यावसायिक तथा सीप विकास कार्यालयका  कर्मचारीहरुलाई नागरिकहरु प्रत्यक्ष लाभान्वित हुनेगरी काम गर्न निर्देशन समेत दिए ।

सामाजिक विकास कार्यालयको ३ करोड खर्च भएन्

सामाजिक विकास कार्यालय जुम्लाको ३ करोड ५ लाख बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । कार्यालयले आर्थिक बर्ष २०७६।०७७ लागि विनियोजित ९ करोड ५७ लाख बजेट मध्य आर्थिक वर्षको अन्त्य सम्म ६ करोड ४६ लाख पाँच हजार पाँच सय ९९ रुपैया खर्च भएको छ । सो मध्य ५४. ५१ प्रतिशत खर्च भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन तथा अन्य कारणले गर्दा ३ करोड ५ लाख खर्च हुन नसकि फिर्ता भएको हो । जुुम्लाको विकास र सृमद्धीका लागि विनियोजित बजेट सबै खर्च हुन नसकको यहाँको विकास पछि धकेलिनु हो । यसमा सम्बन्धी निकाय गम्भीर हुनै पर्दछ । सामाजिक विकास कार्यालय स्थापना भएको पहिलो वर्षमा त्यति प्रभावकारी तथा समन्वय सहकार्य राम्रो नभएको पाइयो ।

सुदूरपश्चिम प्रदेश भरि सामाजिक विकास कार्यालय स्थापना गर्न सहमति

काठमाडाैँ – संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारबीच पनि जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको छ ।  महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन ...

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति

काठमाण्डाै – सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भएको छलफलमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने सहमति भएको हो । ती कार्य...

सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी

२ माघ, काठमाडौं । सरकारले सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ । सामाजिक सेवाका क्षेत्रका कामलाई प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना …