खेलाडीको कारबाहीमा सिप्यानको आपत्ति

नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीमाथि गरिएको कारबाहीमा क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आपत्ति जनाएको छ । क्यानले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्नसक्ने सिप्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।मनिषराज पाण्डे अध्यक्ष र पारस खड्का महासचिव रहेको सिप्यानले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त कदमप्रति आपत्ति जनाएका हुन् । क्यानले गत मङ्सिर २९ […]

सम्बन्धित सामग्री

अल्मुताइरीविरुद्ध १० खेलाडीको विद्रोह

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुतारीविरुद्ध बन्द प्रशिक्षणमा रहेका खेलाडीले विद्रोह गरेका छन् ।  मुख्य प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति टिमका मिडफिल्डर रोहित चन्दले आपत्ति जनाएका थिए । मुख्य प्रशिक्षकको व्यवहारपछि रोहितले प्रशिक्षणमा नजाने निर्णय गरेका थिए । त्यसपछि अल्मुताइरीले रोहितप्रति गरेको व्यवहारको विरोध गर्दै अन्य ९ जना खेलाडी मंगलबार बेलुका होटलबाट...

खेलाडीमाथिको कारबाही फिर्ता लिन माग

नेपाल क्रिकेट संघ (क्यान) बाट खेलाडीको कारबाहीबारे नोट अफ डिसेन्ट लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र सञ्जयराज सिंहले बुधबार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गर्नु भएको हो । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह […]

ज्ञानेन्द्र, दीपेन्द्रसहित चार खेलाडीमाथिकाे कारबाही फिर्ता गर्न माग

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) बाट खेलाडीको कारबाहीबारे 'नोट अफ डिसेन्ट' लेखेका ६ जना बोर्ड सदस्यले कारबाहीमा आपत्ति जनाएका छन् ।  क्यानका केन्द्रीय सदस्यहरू ऋषिराम गौतम, छुम्बी लामा, अमितवीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले आज बुधवार पत्रकार सम्मेलन गर्दै खेलाडीमाथि गरिएको कारबाही फिर्ता गर्न माग गरेका हुन् । साथै कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा राष्ट्रिय टोलीका मुख्य सदस्यहरू सोमपाल कामी र कमलसिंह ऐरीमाथि क्यानले ‘नियोजित’ तरिकाले कारबाही...

युभेन्टस छाड्ने खबरबारे मौनता तोडे रोनाल्डोले

क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् ।रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर सिटी जाने चर्चा बीच ३६ वर्षीय खेलाडीले आफू ‘काममा केन्द्रित’ रहेको मात्र बताएका छन् । पोर्चुगलका कप्तानले ती हल्लाले आफूलाई एक मानिस र खेलाडीको रूपमा अपमान गरेको जिकिर गरेका छन् ।उनले लेखेका छ

शेयर कारोबारमा गरिने गैरकानूनी क्रियाकलाप

शेयरबजार स्वाभाविक र अस्वाभाविक मूल्य वृद्धि र कमी हुन सक्छ । बोनस शेयर, लाभांश, हकप्रद शेयर जारी गर्ने, व्यवसायसँग सम्बद्ध ठूलो योजना, व्यवस्थापन परिवर्तन, नाफा नोक्सानको हिसाबका वित्तीय परिणामहरू, अन्य पक्षहरूसँग व्यावसायिक सम्झौताहरू, मर्जर तथा एक्युजेशन आदि सूचना अधारमा शेयरबजारमा मूल्य वृद्धि र कमी हुन सक्छ । उक्त कुरा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने भएमा अस्वाभाविक मान्न सकिन्छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम उल्लेख गरी अस्वाभाविक चलखेल भएकोे ठहर गर्दै सार्वजनीक सूचना गर्‍यो । धितोपत्र बोर्डलाई शेयरबजारमा चलखेल गर्ने सामाजिक सञ्जालमा अफवाह फैलाउने, स्वघोषित विश्लेषकहरूले आकर्षक लाभांशको प्रचार गरी शेयर मूल्यमा अस्वाभाविक चलखेल गर्ने उपर दण्डसजाय गर्ने अधिकार कानूनीले दिएको छ । शेयरबजारमा केही टाठाबाठा समूहले सस्तोमा शेयर खरीद गर्ने र पछि सामाजिक सञ्जालमा अफवाह फैलाएर मूल्य बढाई अन्य लगानीकर्तालाई फसाउने दण्डनीय अपराध भइरहेका आधारमा लगानीकर्तालाई केही कम्पनीहरूका नाम तोकी सचेत गराउनु बोर्डको कानूनी दायित्व हो । अफवाह फैलाउनेहरूले बोर्डप्रति आपत्ति जनाएको भन्ने समाचार पनि आएको छ । ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी/गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानी दण्ड सजायको व्यवस्था गरेको छ । शेयरबजारमा चलखेल, अफवाह फैलाई शेयर मूल्य घटाउने वढाउने उपर नेपालमा खास कार्वाही भएको नदेखिए तापनि भारतीय शेयरबजारमा राकेश झुनझुनवाला र उनकी श्रीमती रेखा झुनझुनवालासहित १० जनालाई त्यहाँको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी) ले धितोपत्र कारोबारसम्बन्धी अपराध गरेका आधारमा ३७ करोड भारू जरीवाना तिराएको भन्ने समाचार आएको छ । त्यस्तै अर्को हर्षद मेहताले शेयरबजारमा मेनुपुलेट गरी भारत सरकारले जारी गरेको सेक्युरिटिज विभिन्न बैंकमा धेरैओटा नक्कली रसिद धितो राखी ३०० देखि ४०० करोड कर्जा लिँदै शेयरबजारमा लगानी गरे । कम मूल्यमा खरीद गरेका धेरै कम्पनीका शेयर विभिन्न मिडिया समूहमा रकम खर्च गरी त्यसमार्फत झूटा अफवाह फैलाई शेयर मूल्य बढाउन शुरू गर्‍यो । एशोसिएटेड सिमेन्ट कम्पनी लिमिटेडको शेयर रू. २०० खरीद गरी भिन्न अफवाह फैलाई शेयर मूल्य ९ हजार पुर्‍यो । यसरी धैरै नोक्सानीमा गएका कम्पनी शेयर खरीद गरी शेयर मूल्य बढायो । शेयर मूल्यमा वृद्धि भएका कारण धैरै व्यक्तिहरू शेयरबजारमा लगानी गरी मुनाफा खान झुम्मिए र शेयरबजार बियरबाट बुलको पिकमा पुग्यो । पछि एक पत्रकारले हर्षद मेहताले बैंकलाई ठगी गरी झूटा अफवाह फैलाई शेयर मूल्य बढाएको पर्दाफास गरिदिए । त्यसपछि शेयरबजार आरालो लागि धेरै लगानीकर्ता र बैंकसमेत डुबे । सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड (सेवी)ले उसलाई पक्राउ गरी मुद्दा चलायो । नेपालमा हालका दिनहरूमा शेयरबजारमा (धितोपत्र विनियम बजारमा) सूचीकृत कम्पनी वा संस्थामा केही व्यक्ति वा समूह मिली आफू र आफ्नो समूहलाई फाइदा लिने उद्देश्यले धितोपत्र कारोबार वा धितोपत्रको मूल्यमा अनुचित प्रभाव पार्ने काम गर्न गराउन गलत वा भ्रामक सूचना प्रसारप्रचार गरेको पाइन्छ । विगतमा नेशनल फाइनान्स, गोरखकाली रबर उद्योग, बुटवल धागो, नेकोन एयर, शेयर मार्केट एन्ड फाइनान्स लगाएत धेरै कम्पनीमा अफवाह फैलाई मूल्य बढाइ सर्वसाधारण लगानीकर्ता डुबाएको छ । शेयरबजारमा अफवाह फैलाई बजार मूल्यलाई तलमाथि गर्नेलगायत धितोपत्रसँग सम्बद्ध अपराध गर्ने उपर धितोपत्रसम्बन्धी ऐन, २०६३ ले दण्ड सजायको व्यवस्था गरेको छ । धितोपत्रसम्बन्धी अपराध गर्नेलाई उक्त ऐनको दफा १०१ (१), (२),(३),(४),(५),(६),(७) बमोजिम देहायका सजाय हुन सक्छ । १) भित्री कारोबार गरेको ठहरेमा बिगो बमोजिम जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । देहायबमोजिम धितोपत्रसम्बन्धी कारोबार गरेमा ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरीवाना वा १ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानिनोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) कृत्रिम वा झूटो कारोबारमा हुने सजाय : ऐनको दफा ९४ अन्तर्गत शेयरबजारमा कसैले कृत्रिम वा झूटो कारोबार गर्न नहुने कानूनी व्यवस्था गरेको छ । ख) मूल्यमा उतारचढाव गरेमा : ऐनको दफा ९५ अन्तर्गत मूल्यमा उतारचढाव गर्न नहुने व्यवस्था गरेको छ जसमा कसैले हुँदै नभएको वा कृत्रिम वा झूटो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतारचढाव गराएको मानी दण्डसजायको व्यवस्था गरेको छ । ग) धितोपत्र बजारलाई प्रभावित पार्न नहुने : ऐनको दफा ९६ बमोजिम कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरूसँग मिली कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरीद वा विक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने, मूल्य घटाउने, स्थिर बनाउने कार्य गरेमा सजायको व्यवस्था गरेको छ । २) देहायका धितोपत्रसम्बन्धी अपराध गरेमा १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरीवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुने र त्यस्तो कारोबारबाट कसैलाई हानिनोक्सानी भएको रहेछ भने त्यस्तो हानिनोक्सानीसमेत भराई दिनुपर्ने व्यवस्था छ । क) झूटा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्वअनुमान बनाउन वा प्रकाशित गरेमा : ऐनका दफा ९७ बमोजिम झूटो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्वअनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने काम गर्नेबाट नोक्सानी भराउने व्यवस्था छ । ख) जालसाजीयुक्त कारोबार गरेमा : ऐनका दफा ९८ बमोजिम जालसाजीयुक्त कारोबारसम्बन्धी व्यवस्था गरेको छ । कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा वा कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा यस्तो कारबाही हुन्छ ।  ग) झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा : ऐनकोे दफा ९९ बमोजिम कुनै विवरण झूटो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरीद वा विक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा नोक्सानी तिराउने व्यवस्था छ । घ) लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउने कार्य गरेमा : ऐनको दफा १००.मा उल्लिखित ऐनको दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकारप्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम तथा विनियमबमोजिम आफूले राख्नुपर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झूटो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत गर्नेलाई नोक्सानी तिराउने व्यवस्था छ । नेपालमा शेयरबजार लाभांश राम्रो दिने वा नदिने वा आर्थिक विवरणका आधारमा उतारचढाव हुनुभन्दा पनि नाटकीय ढंगबाट हुने गरेको छ । शेयरबजारका खेलाडीको नक्कली हल्लाले घटबढमा मुख्य भूमिका हुने गरेको छ । यस्ता खेलाडीउपर खासै दण्डसजाय भएको पाइँदैन । लेखक अधिवक्ता हुन् ।

गोपिचन्द्र पार्कीको विषयमा लोकतान्त्रिक खेलकुद संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले एथलेटिक्सका गोपीचन्द्र पार्कीलाई सहभागी गराउन नसक्ने भन्दै अन्य खेलाडीलाई प्रतियोगितामा पठाउने विषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गृष्मकालीन ओलम्पिक प्रतियोगिताको संघारमा सहभागी जनाउने खेलाडीको विषयमा गैरजिम्मेवार कार्य भएको आपत्ति जनाएको हो ।  म्याराथनमा कोटाभन्दा बढी आवेदन परेको भन्दै प्रतियोगिता...

खेलाडी छनोटमा एकलौटी गरिएको भन्दै संयोजक थापाको आपत्ति

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन्। एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन्।पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंक