तीन बैंकमाथि राष्ट्र बैंकको कारबाही

८ असोज, काठमाडौं । नेपाल बंगलादेश बैंक (एनबी) सहित तीन कमर्सीयल बैंकहरुलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकको कारबाहीमा पर्नेमा नेपाल बंगलादेश बैंक, हिमालयन बैंक र प्रभु बैंक छन् । प्रभु बैंक र नेपाल बंगलादेशलाई पहिलो पटक कारबाही गरेको राष्ट्र बैंकले हिमालयन बैंकलाई भने दोस्रो पटक कारबाही गरेको हो । गत आर्थिक […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकमै बढी समस्या, किन हुँदैन कारबाही ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक भूमिका पाएको संस्था हो नेपाल राष्ट्र बैंक । तर, नियामककै निर्देशन बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को उल्लंघन गर्दै आएका छन् । नियम उल्लंघनको पछिल्लो उदाहरण हो सीडी रेसियो (कर्जा निक्षेप अनुपात) । विशेष गरी पछि आएका बैंकहरुले ज्यादा नियम उल्लंघन गरेको राष्ट्र बैंक स्रोतले बतायो । ती […]

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न अख्तियारमा उजुरी

नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोगमा महाप्रसाद अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । वाइसिएलका संयोजक सुमन देवकोटालगायतले आज आयोगको कार्यालय टङ्गालमा पुगेर अधिकारीविरुद्ध उजुरी दर्ता गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ को …

राष्ट्र बैंक ऐनमा संशोधन

आफूलाई असहयोग गरेको आरोप लगाउँदै सरकारले छानविन शुरू गरेपछि स्वतः निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्चले अल्पकालीन आदेशद्वारा पुनःस्थापित गरिदिएको छ । यो निर्णयले राष्ट्र बैंकको स्वायत्तता जोगाएको भनेर धेरैले विश्लेषण गरेको पाइन्छ । तर, राष्ट्र बैंक ऐनमा नै सरकारले हस्तक्षेप गर्न पाउने व्यवस्था राखिएकाले यस्तो विश्लेषणको अर्थ देखिँदैन । साँच्चीकै स्वायत्त बनाउने हो भने ऐन नै संशोधन गर्नुपर्छ । विवाद जेजस्तो भए पनि अर्थतन्त्र संकटमा परेका बेलामा सरकारको आर्थिक सल्लाहकार मानिएको राष्ट्र बैंकका गभर्नरमाथि कारबाही हुनु र अर्थमन्त्री तथा गभर्नरबीच द्वन्द्व हुनु राम्रो संकेत होइन । ऐन नै संशोधन गरेर राष्ट्र बैंकको स्वायत्तता बलियो बनाइनुपर्छ । ऐन, कानूनले नै दरोसँग स्वायत्तताको ग्यारेन्टी गर्ने हो भने केन्द्रीय बैंकको गरिमा साँच्चीकै कायम रहन सक्छ । यसअघि पनि राष्ट्र बैंकका दुई गभर्नर सरकारी निलम्बनमा परेका थिए । तर, तिनलाई सर्वोच्चले पुनःस्थापना गरिदिएको थियो । नैतिक आधारमा तत्कालीन अर्थमन्त्री महेश आचार्यले राजीनामासमेत दिएका थिए । त्यसै प्रसंगलाई जोडेर अहिले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने आवाज पनि उठेको छ । तर, मूल कुरा अर्थतन्त्र संकटका नजिक पुगेका बेला अर्थमन्त्री र गभर्नरबीच विवाद हुनु नै गम्भीर समस्या हो । त्यसमाथि गभर्नर जस्तो व्यक्तिमाथि हचुवाका भरमा कारबाही हुनु गैरजिम्मेवारीको पराकाष्ठा नै हो । सरकारले गभर्नरलाई निलम्बन वा कारबाही गर्न सक्छ कि सक्दैन भन्ने विवाद पनि उठेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ को ५ र दफा २२ को ५ र त्यसको (ख) मा रहेको प्रावधानअनुसार सरकारले गभर्नरमाथि छानविन गरी कारबाही गर्न पाउँछ । मुलुकको वित्तीय क्षेत्रमा गम्भीर हानिनोक्सानी पुर्‍याएमा निलम्बन गर्न सक्ने अधिकार ऐनले दिएको छ । तर, यसका लागि जाँचबुझ समिति बनाउनुपर्छ र जाँचबुझ प्रक्रिया शुरू हुनासाथ गभर्नर स्वतः निलम्बनमा पर्छन् । गभर्नरलाई मनपरी गर्न नदिन ऐनमा यस्तो व्यवस्था गरिएको हुन सक्छ । तर, यसले राष्ट्र बैंकको स्वायत्ततामाथि भने अंकुश लगाएको छ । वर्तमान गभर्नरले अर्थतन्त्र सुधारका लागि उपयुक्त नीति लिन नसकेको आरोप लगाएको पाइन्छ । पूर्ववर्ती सरकारले नियुक्त गरेकाले वर्तमान सरकारलाई असहयोग गरेको पनि आरोप लागेको छ । केकस्तो असहयोग भयो भन्ने कुरामा चाहिँ ठोस र चित्त बुझ्दो जवाफ सरकारबाट आएको पाइँदैन । गभर्नरमाथि गरिने कारबाहीबारे ऐनमा तोकिएका आधार नै वस्तुगत देखिँदैनन् । हचुवा र अनुमानका भरमा आरोप लगाउन सक्ने देखिन्छ । यस्तो प्रावधानमा संशोधन हुनुपर्छ । ऐनको पछिल्लो संशोधनपछि राष्ट्र बैंकको स्वायत्ततामा थप प्रश्न उठ्न थालेको हो । भरपर्दो आधारमा मात्रै निलम्बन गर्ने कुरामा सरकार गम्भीर हुनुपर्छ । यसअघिका निलम्बनका बेला ऐनमा निलम्बनसम्बन्धी व्यवस्था तुलनात्मक रूपमा अलिक कडा खालको भएको तर अहिले संशोधनपछि त्यसलाई अलिक खुकुलो पारेको बताइन्छ । ऐनले यसरी अर्थ मन्त्रालयलाई राष्ट्र बैंकमा हस्तक्षेप गर्ने बाटो खोलेको छ । नेपालमा अधिकारप्राप्त व्यक्ति र निकायले गम्भीर अध्ययन गरी परिणाम विचार गरेर निर्णय गर्ने गरेको पाइँदैन । त्यसैले पटकपटक गल्ती गर्ने र निर्णय उल्ट्याउने गर्दा विधि र प्रक्रिया मिचिने गरेको छ । अहिले पनि विधि र प्रक्रिया मिच्दा सोही ऐनको सहारा लिइएको छ । बूढी मरीभन्दा पनि काल पल्क्यो भने झैँ यो चिन्ताको विषय हो । राष्ट्र बैंक स्वायत्त भए मात्रै उसले अर्थतन्त्रलाई सही गति दिन सक्छ । त्यसैले उसको स्वायत्ततामाथि आउने हरेक अंकुश स्वीकार्य हुँदैन । अतः ऐन नै संशोधन गरेर उसको स्वायत्तता बलियो बनाइनुपर्छ । ऐन, कानूनले नै दरोसँग स्वायत्तताको ग्यारेन्टी गर्ने हो भने केन्द्रीय बैंकको गरिमा साँच्चीकै कायम रहन सक्छ । विद्यमान ऐनलाई संशोधन नगरी राष्ट्र बैंकको स्वायत्तताको कुरा मात्र गरिरहने हो भने यस्ता समस्या दीर्घकालसम्म पनि कायम रहिरहन्छन् ।

गभर्नरलाई कारबाही गरेको विरोधमा उत्रिए राष्ट्र बैंकका कर्मचारी

वैशाख ४, काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरु गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको कारबाहीविरुद्ध आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुले गभर्नर अधिकारीमाथि कारबाहीको विरोधस्वरुप आइतवार राष्ट्र बैंकमा कोण सभा पनि आयोजना गरेका छन्। सभामा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले गभर्नर अधिकारीमाथि गरिएको कारबाही फिर्ता गर्न सरकारसँग माग गरे। कारबाही फिर्ता नभए आन्दोलनका थप कार्यक्रमहरु बाध्य हुने चेतावनी पनि उनले दिएका छन् । यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारहरुले गरेको बर्खास्ती तथा निलम्बनको कर्मचारीहरुले विरोध गरेको पनि उनले बताए।  कर्मचारीहरुले विरोधस्वरुप राष्ट्र बैंकको केन्द्रीय कार्यालयलगायत उपत्यकाबाहिरका कार्यालयहरुमा पनि कालो ब्यानर झुन्डाएका छन्। ब्यानरमा केन्द्रीय बैंकको स्वयत्ततामाथिको हस्तक्षेप बन्द गर्न, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नरमाथि शुरु गरिएको कारबाही प्रक्रिया अविलम्ब फिर्ता गर्न र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर्न सरकारसँग माग गरिएको छ।

आठ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

काठमाठौं । नेपाल राष्ट्र बैंकले  ८ वटा वाणिज्य बैंकलाई  कारबाही गरेको छ । राष्ट्र बैंक सुपेरीवेक्षण विभागले आर्थिक वर्ष २०७७/०७८ मा राष्ट्र बैंकको विभिन्न निर्देशन उलंघन गरेपछि ८ वटा बैंकलाई कारबाही गरेको हो । राष्ट्र बैंकले अन्तिम त्रैमासमा मात्रै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै ३ बैंकलाई...