नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
बिहीवार बिहान भएको छलफलपछि संसदीय दलको कार्यालय सिंहदरबारमा लगेर उनीहरूले स्पष्टीकरण पेश गरेका हुन् ।
एमाले सांसद एवं केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले आफूहरूले स्पष्टीकरण पेश गरेको जानकारी दिए ।
पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै ओलीले वैशाख ६ गतेको मिति राखेर सांसदहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण सोधेका थिए ।
&l...