मिरगञ्ज पुल चाँडै सञ्चालनमा ल्याउन ज्ञापनपत्र

विराटनगर । नेपाल भारत सीमाभन्दा ४ किलोमिटर पश्चिममा रहेको मिरगञ्ज बेलीब्रिज (पुल) तत्काल सञ्चालनमा ल्याउन उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार संघका नवनिर्वाचित अध्यक्ष नवीन रिजालसहितको प्रनिनिधि टोलीले विहार राज्यका कला, संस्कृति तथा युवा मामिलामन्त्री आलोक रञ्जनलाई शुक्रवार पटनामा भेट गरी उक्त पुल यथाशीघ्र सञ्चालनमा ल्याउन ज्ञापनपत्र बुझाएको छ । मिरगञ्जको बेलीब्रिज भासिएपछि नेपालका लागि तेस्रो मुलुक र भारतबाट आउने सामान १३० किलोमिटर घुमेर सुनसरी हुँदै विराटनगर भन्सार कार्यालय आइपुग्न निकै कठिन र खर्चालु भए पनि नेपाल र भारत सरकारबीच कूटनीतिक माध्यमबाट तयारी अवस्थामा रहेको मिरगञ्जको पक्की पुल सञ्चालनमा पहल नभएपछि निजीक्षेत्रले नै त्यसका लागि पहल गरेको हो । भारतीय मन्त्री रञ्जनले नेपाली टोलीलाई नेपाल भारत आवागमनमा भइरहेको समस्याबारे बुझ्न आमन्त्रण गरेका थिए । आमन्त्रण स्वीकार गर्दै रिजाल नेतृत्वको टोली पटना पुगेर उनलाई ज्ञापनपत्र बुझाएको हो । संघले भारतको बथनाहा–जोगबनी मार्गमा विगत एक महिनादेखि क्षतिग्रस्त रहेको मिरगञ्ज पुलका कारण विराटनगर नाकामार्फत औद्योगिक प्रयोजनका सवारीसाधनको आवागमन अवरुद्ध भएर दैनिक करिब ४ सय मालवाहक सवारीसाधनले भीमनगर–भन्टाबारी नाकामार्फत थप १३० किमी गन्तव्य तय गर्नुपर्ने र त्यसबाट प्रतिसवारीसाधन लगभग २० हजार रुपैयाँ लागत बढ्ने बताएको छ । त्यसको निराकरणका लागि भारतीय पक्षले तत्काल कदम चाल्नुपर्नेमा संघले जोड दिएको छ । संघले ज्ञापनपत्रमा विराटनगर नाकाबाट नेपाल प्रवेश हुनुपर्ने ३० मेट्रिक टनसम्मका सवारीसाधन तथा भारत फर्किने खाली सवारीसाधनका लागि अररिया–कुर्साकाँटा–जोगबनी मार्ग खुला गरिनुपर्ने, क्षतिग्रस्त मिरगञ्ज पुलको छेउमा अन्तिम चरणमा निर्माणाधीन चार लेनको नयाँ पुललाई अस्थायी रूपमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने तथा क्षतिग्रस्त मिरगञ्ज पुलको मर्मत कार्यसमेत शीघरूपमा गर्नुपर्ने लगायत सुझाव प्रस्तुत गरेको छ ।

सम्बन्धित सामग्री

एक वर्षपछि मिरगञ्ज पुल सञ्चालनमा, सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगलाई राहत

विराटनगर । एक वर्षदेखि अवरुद्ध रहेको भारतको बथनाह नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ । भारतीय पक्षले मिरगञ्ज पुल पुरानो भएको भन्दै गएको पुषदेखि बन्द गरिएको थियो । सुनसरी मोरङ औद्योगिक कोरिडोरको लाइफ लाइनको रुपमा रहेको पुल पुरानो भएको भन्दै भारतीय पक्षले बन्द गर्दा यस क्षेत्रका उद्योगी व्यबसायीहरु समस्यमा परेका थिए । मिरगञ्जमा रहेको […]

११ महीनापछि खुल्यो मिरगञ्ज पुल

विराटनगर, मंसिर २२ । ११ महीनापछि भारतको जोगवनी नाकाबाट चार किलोमीटरनजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा आएको छ। साविकको पुल भासिएपछि बनेको नयाँ आरसीसी मोटरेबल पुल सञ्चालनमा आएको हो । अब भारतलगायत तेस्रो मुलुकबाट आउने औद्योगिक कच्चा पदार्थलगायत सामग्री बोकेका ढुवानी साधनले विराटनगर भन्सार आइपुग्न तय गर्नुपर्ने दूरी ११६ किलोमीटरले छोटिएको छ । यसबाट व्यवसायीको समय […]

पुल सञ्चालन गर्न आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्।...

पुल सञ्चालन र अन्य सेवासुविधा दिन भारतीय गृहमन्त्री अमित साहलाई आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतक केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्। मन्त्री साहलाई पुल सञ्चालनका साथै भारतमा नेपालीहरुलाई विभिन्न सेवा सुविधान दिनसमेत आग्रह गरिएको छ।...

मिरगञ्जपुल सञ्चालनमा ल्याउन माग

भारतको जोगबनीस्थित मिरगञ्ज पुल सञ्चालन गर्न उद्योगीले माग गरेका छन्। मोरङ व्यापार संघको नेतृत्व टोलीले शुक्रबार बिहारको अररिया जिल्लाका डिएमलाई ज्ञापनपत्र बुझाउँदै पुल तत्कालै सञ्चालन गर्न माग गरेको हो।...

एक महीनाभित्र मिरगञ्ज पुल सञ्चालनमा ल्याउन निर्देशन

विराटनगर  । एक महीनाभित्र मिरगञ्जको पुल सञ्चालनमा ल्याउन भारतका मन्त्रीले निर्देशन दिएका छन् । मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि एक महीनादेखि उठाउँदै आएको मागप्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मक प्रतिक्रिया दिएका हुन् । उनले आगामी एक महीनाभित्र सो पुल पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले उक्त जानकारी गराएका हुन् । भारतस्थित नेपाली राजदूतावासले समेत संघको माग भारतीय पक्षसमक्ष पेश गरेको थियो । भारतीय मन्त्रीको सकारात्मक प्रतिक्रियापछि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले खुशी व्यक्त गरेका छन् । नेपाली उद्योगी–व्यवसायीले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दु:ख भनी सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि नेपाल र भारतका विभिन्न निकायको ध्यानाकर्षण गराउँदै आएको छ । विगतमा आएका बाढीका कारण मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध हुँदै आएको छ । मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि तत्कालीन रूपमा भीमनगर–भन्टाबारी नाकामार्फत रि–रूट र क्षतिग्रस्त पुलको जीर्णोद्धार लगायत कार्य गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । संघले त्यसको स्थायी समाधानका लागि मिरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायमा पहल गर्दै आएको छ । परिणामस्वरूप २ वर्ष अवधिमै उक्त नयाँ चार लेनको पुलको निर्माण अन्तिम अवस्थामा आइपुगेको छ ।

मिरगञ्जपुल भासिँदा सडक अवरुद्ध

भारतको जोगवनी स्थित मिरगञ्ज पुल भासिएर मालबाहक सवारीसाधन आवतजावत ठप्प भएपछि मोरङका उद्योगी व्यवसायीले निर्माणाधीन पुलबाट आँशिक भए पनि सवारीसाधन सञ्चालनमा ल्याउन भारतीय पक्षसँग माग गरेका छन्।...

जोगवनी नाकाबाट आयात निर्यात अवरुद्ध हुँदा ढुवानी भाडा महँगियो

भारतको बथनाहमा रहेको मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि एक महिनादेखि प्रभावित भएको जोगवनी नाकाको आयात निर्यात अझै सहज हुन सकेको छैन ।  क्षतिग्रस्त पुल नजिकै निर्माण भएको भारतको राष्ट्रिय राजमार्गमा पर्ने आरसीसी पक्की पुल सञ्चालनमा पनि भारतीय पक्षले आलटाल गर्दा जोगवनी नाकाको आयात निर्यातमा असर परेको हो ।

मिरगञ्ज पुल तत्काल मर्मत गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका उद्योगी एवं व्यवसायीले जीर्ण मिरगञ्ज पुल तत्काल मरमत गर्न संघीय सरकारसँग माग गरेका छन् । भारतबाट विराटनगर आउने मालवाहक सवारीसाधन आवतजावतमा समस्या परेको भन्दै उनीहरूले सरकारसँग सो माग गरेका हुन् । पुलको अवस्था जीर्ण भएपछि सो नाकामा आउने मालवाहक सवारीसाधन सुनसरीको भन्टाबारी नाका हुँदै नेपाल प्रवेश गरिरहेकाले सयम र लागत बढी लाग्ने कारण उपभोक्ता महँगीको चपेटामा पर्ने भएकाले व्यापारी र उद्योगीको ध्यान त्यसतर्फ गएको हो । करीब तीन महीनादेखि बिग्रिएको सो पुलको छेउमा अर्को पुल सुस्त गतिमा निर्माण भइरहेकाले छ । पटक पटक समस्या आउने गरेको मिरगञ्ज पुलका कारण पूर्वी क्षेत्रका उद्योगी एवं व्यापारी समस्यामा पर्ने गरेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । विराटनगर नाका जोड्ने भारतको जीर्ण अवस्थाको मिरगञ्ज पुलको स्थलगत निरीक्षण गर्दै सोबाट मोरङ–सुनसरी आर्थिक कोरिडोरको औद्योगिक–व्यावसायिक क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । सो पुलको स्थायी समाधान नहुञ्जेल भारतको अररिया कुर्साकाँटा–जोगबनी सडकमार्फत ३० टनसम्मका मालबाहक सवारी आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनुपर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुल तीन दिनभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउनुपर्ने र हाल स्थगन भएको मिरगञ्ज पुलको जीर्णाेद्धार तत्कालै शुरू गर्नुपर्ने माग उनले राखे । रासस

भण्टाबारी नाका खुला, भारतीय नाकाको टुंगो लागेन

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट चार किलोमिटर दक्षिण पश्चिम भारतमा रहेको मिरगञ्जको बेलिब्रिज भासिएपछि भारत लगायत तेस्रो मुलुकबाट मालसामान लिएर नेपालतर्फ आएका ट्रक तथा कन्टेनर चार दिनदेखि रोकिएका छन् । कतिपय सड्ने सामान बोकेका कन्टेनर र ट्रकहरू नाका रिरूट नगरिँदा समस्यामा परेका छन् । नेपालको भन्सार विभागले भारतीय पक्षबाट स्वीकृति आएमा तत्कालका लागि सुनसरीको भण्टाबारी नाका प्रयोगको अनुमति दिएको छ । तर भारतको कष्टम विभाग र डीएम कार्यालयले यसबारे माथिल्लो निकायमा पत्र लेखे पनि त्यसको जवाफ नआएकाले कुन नाका प्रयोग गर्न दिने भन्ने अन्योलले नेपाल–भारत निकासी तथा पैठारी रोकिएको छ । विराटनगर भन्सार कार्यालय प्रमुख ताराप्रसाद सापकोटाका अनुसार भण्टाबारी नाका हुँदै विराटनगरको आईसीपीसम्म आइपुग्न झन्डै ११६ किलोमिटर पर्छ । सोहीकारण अररिया कुर्सियाकट्टा हुँदै जोगबनीसम्म आउने १२ किलोमिटर दूरी भएको रूट भारत सरकारले अनुमति दिँदा राहत हुने देखिन्छ । तर त्यसबारे निर्णय नआएकाले अहिले कुन रूट हुँदै कुन नेपाली नाकाबाट नेपालमा मालवाहक गाडी प्रवेश गर्छन् भन्ने यकिन भइनसकेको सापकोटाले बताए । भन्सार विभागले भारतले स्वीकृति दिएमा भण्टाबारी नाका प्रयोगको अनुमति दिए पनि भारतीय पक्षबाट कुनै प्रगति नभएकाले मंगलवार भारतीय र नेपाली अधिकारीको संयुक्त बैठक बसेर भए पनि एउटा नाकाबाट मालवाहकले निकासी र पैठारी गर्न सक्नेगरी सहमति जुटाउन प्रयास गरिने सापकोटाले जानकारी दिए । भन्सार अधिकृत अमित तिवारीका अनुसार विराटनगर भन्सारको दैनिक राजस्व संकलनको लक्ष्य १४ करोड ५० लाख भए पनि अहिले दैनिक २ करोडमा सीमित हुन पुगेको छ । भारतको मिरगञ्जमा रहेको फलामको पुल भासिएपछि जोगबनी नाकासम्म आउने अन्य स्तरीय बाटो नभएको कारण तत्काललाई समस्या देखिएको छ । यद्यपि फलामको पुल भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल बनिसकेकाले त्यो दुई महीनाभित्र चालू भएपछि जोगबनी नाका आउजाउ गर्ने मालवाहकको समस्या स्थायी रूपमा समाधान हुनेछ । विराटनगर नाकाबाट दैनिक तीन सय मालवाहक गाडी आवतजावत गर्छन् । मोरङ व्यापार संघले बुझायो परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र यसैबीच, सोमवार मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्वअध्यक्ष महेश जाजूले परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटेर जोगबनी नाकाबाट भइरहेको निकासी पैठारी तत्काल सुचारु गर्न ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारत सहित तेस्रो मुलुकबाट नेपाल भित्रने मालवाहक साधनका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया– कुर्साकाँटा–जोगबनी वैकल्पिक मार्गको रूपमा सञ्चालनमा ल्याउन पहलल गर्नुपर्ने, मिरगञ्ज पुल तत्कालै मर्मत गर्नुपर्ने, सो पुल नजिक निर्माणाधीन नयाँ पुल यथाशीघ्र सम्पन्न गराउनुपर्ने लगायत माग  छन् । परराष्ट्रमन्त्री खड्काले जोगबनी नाकाबाट हुने निकासी पैठारी पूर्ववत् सञ्चालनका लागि आफूले भारत सरकारसँग कुरा राख्ने आश्वासन दिएका छन् ।